शुक्रबार, १६ चैत २०८०

रिया चक्रवर्तीबारे यसो भन्छिन् महेश भट्टकी श्रीमती सोनी राजदान

समयपोष्ट २०७७ माघ ५ गते १५:३८

Advertisement

बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्युमा नाम जोडिएकी नायिका रिया चक्रवर्तीको समर्थनमा महेश भट्टकी श्रीमती सोनी राजदान उत्रिएकी छिन् ।

सोसल मिडियामा एक प्रयोगकर्तालाई जवाफ दिँदै राजदानले रियाबारे लेखेकी छिन्, ‘उनी जेल जाँदा ती मानिसहरुलाई उजागर गरिदिए जसलाई उनले त्यहाँ पठाएका थिए । यसबाट के स्पष्ट हुन्छ भने उनी निर्दोष थिइन् र षड्यन्त्रको शिकार भएकी थिइन् । आखिर हामी किन उनीसँग काम गर्दैनौं ? मलाई लाग्छ उनले राम्रो काम गर्नेछिन् । खैर, म त यही आशा गर्छु ।’

नायिका चक्रवर्ती लागुऔषध मुद्दामा लगभग एक महिना जेलमा बस्नु परेको थियो । पछि उनलाई जमानतमा रिहा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री