शनिबार, १५ वैशाख २०८१

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन खुला

समयपोष्ट २०७७ माघ २ गते ९:३८

Advertisement

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) को साधारण सेयरमा आजबाट आवेदन खुला भएको छ ।

बैङ्कको ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर शुक्रबारदेखि आवेदन खुला गरिएको हो । यो शेयर हालसम्म बजारमा जारी भएका साधारण शेयरमध्येकै सबैभन्दा ठूलो हो । यो शेयरका लागि आगामी मंगलबार साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ ।

बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

नेपालकै एकमात्र पूर्वाधार बैङ्कको रुपमा रहेको इन्फ्रास्ट्रक्चर बैङ्कले आफ्नो चुक्ता पुँजीलाई २० अर्ब पुर्याउन सो बराबरको आईपीओ ल्याउन लागेको हो । ८ अर्बको रुपैयाँको ८ करोड कित्ता आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषका लगानीकर्तालाई तथा ०.२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री