मंगलबार, ११ वैशाख २०८१

एमसीसीको विषय छिटोभन्दा छिटो टुङ्ग्याउ : मन्त्री रायमाझी

समयपोष्ट २०७७ पुष २९ गते १४:५८

Advertisement

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लागू गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझी विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्नुनहुने बताए ।

मन्त्री रायमाझीले बेला बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको समेत स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री