शुक्रबार, १४ वैशाख २०८१

करण जोहरसंग विवाह गर्न चाहन्थिन् फराह खान

समयपोष्ट २०७७ पुष २६ गते १६:४५

Advertisement

फराह खान र करण जोहरको चिनजान भएको २५ बर्षभन्दा बढी भैसकेको छ । कुनै बेला यस्तो समय पनि थियो जब फराह करण जोहरसंग विवाह गर्न चाहन्थिन् ।

साजिद खान र रितश देशमुख कार्यक्रम ‘यादों की बारात’ होस्ट गर्दथ । उक्त शोमा नै करणले फराहले उनलाई मन पराउने गरेको र उनलाई पट्याउनका लागि निकै कोसिस पनि गरेको बताएका थिए । यसमा फराह खानले पनि सहमति जताइन् ।
फिल्म कुछकुछ होता हैको सुटिङ स्कटल्याण्डमा भइरहेको थियो । त्यतिबेला करण जोहरको कोठामा फराह खान राती गएकी थिइन् । करण जोहरले यसबारे कुरा गर्दै भनेका थिए, ‘मध्य रातमा एक युवती जब कुनै केटाको कोठामा आउँछिन्, यो बहाना गरेर कि मेरो कोठामा भूत छ । के म भूतसँग राइम्स गर्ने व्यक्ति हुँ ?’

यसबारे फराह खानले भनिन्, ‘म करण जोहरसँग विवाह गर्न चाहन्थेँ तर उनले आफूमा प्राविधिक समस्या भएको बताउँदै मेरो प्रस्ताव अस्विकार गरिदिए । ’

फराह खान फिल्म निर्देशक हुन् र उनले थुप्रै फिल्मको निर्देशन गरिसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री