शनिबार, १५ वैशाख २०८१

इन्फास्ट्रक्चर बैंकले ८ करोड कित्ता शेयर निष्कासन गर्ने

समयपोष्ट २०७७ पुष २० गते २०:१९

Advertisement

नेपाल इन्फास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्कासन गर्ने भएको छ । बैंकले माघ २ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो ।

बैंकले अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री