बिहीबार, २० वैशाख २०८१

टोयोटाको डिलर भेला सम्पन्न

समयपोष्ट २०७६ माघ १६ गते १६:५४

Advertisement

टोयोटा मोटर्सको आधिकारिक डिलर भेला सम्पन्न भएको छ ।

टोयोटा मोटर्सको एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यू .टि .एस) द्वारा आयोजित भेला गत सोमबार पोखरामा सम्पन्न भएको हो ।

उक्त भेलामा यू .टि .एस की प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्री एस डिलरहरुले सहभागिता जनाएका थिए ।

उक्त भेलाको उद्देश्य यूटिएसले वर्षौँ देखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रीत रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो ।

Advertisement

ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री