शनिबार, ५ जेठ २०८१

दिया मिर्जा रुदाँ ‘ड्रामा’ भन्दै उडाइयो मजाक, ट्रोलर्सलाई दिईन् यस्तो जवाफ

समयपोष्ट २०७६ माघ १६ गते १३:२०

Advertisement

जनवरी २८ मा जयपुरमा लिट्रेचर फेस्टिबलको आयोजना गरिएको थियो । यो मौकामा मौसममा आइरहेको परिवर्तनको विषयमा कुरा गर्दै दिया रोएकी थिइन् ।

उनले भनेकी थिईन्,‘तमाशा हेरेको झैं गरेर अफसोस नजताउ । आफ्नो आँसु बगाउन नडराउनुहोस् । यसलाई महसुस गर्नुहोस् । हरेक कुरालाई पूर्ण रुपमा महसुस गर । यो राम्रो कुरा हो । यसले हामीलाई बलियो बनाउँछ । यो कुनै प्रदर्शन होइन ।’

यहीँ बिषयलाई लिएर उनलाई ट्रोल गरियो । ट्रोलर्सले ‘ड्रामा’ को संज्ञा दिँदै उनको मजाक उडाए । अब दियाले ती ट्रोलर्सलाई जवाफ दिएकी छिन् ।

दिया मिर्जालाई ड्रामा भन्ने केही ट्रोलर्सलाई उनले यस्तो जवाफ दिएकी छिन्, ‘यसलाई मुटु भएको भनिन्छ । कुनै बेला कोसिस गर्नुहोस् । यसले तपाईंलाई पनि कुनै समाधानको हिस्सा बन्न दिनेछ ।’

Advertisement

यस्तै, अर्का एक ट्रोलरलाई जवाफ दिँदै दियाले लेखेकी छिन्, ‘हाम्रो आँसु हाम्रो हुन्छ । तर हाम्रो क्रियाकलापले मानिसहरुलाई थप बाँध्ने काम गर्छ । यो एउटा ठूलो कुरा हो ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री