मंगलबार, ११ वैशाख २०८१

चक्कु देखाएर १९ बर्षिय किशोरलाई मुखमैथुन र सम्भोग गर्न लगाउने किशोरी पक्राउ

समयपोष्ट २०७६ माघ १४ गते १३:३८

Advertisement

१७ बार्षिया किशोरीले चक्कु देखाएर एक जनाको बलात्कार गरेकी छिन् । घटना अमेरिकास्थित मिचिगनको हो । ती किशोरीलाई हाल प्रहरीले पक्राउ गरेको छ । गत ११ जनवरीका दिन लेस्टिना मारी स्मिथ नाम गरेकी किशोरीले सागिनउ टाउनसिपमा एक १९ वर्षका किशोरको बलात्कार गरेकी हुन् ।

यौनजन्य विषय भएकाले पीडित पुरुषको नाम गोप्य राखिएको छ । प्रहरीका अनुसार लेस्टिनाले चक्कु देखाएर आफूसँग मुखमैथुन र सम्भोग गर्न पुरुषलाई बाध्य पारेकी थिइन् ।

प्रहरीले घटनाको बारेमा थप विवरण भने खुलाएको छैन । लेस्टिनालाई सागिनउ काउन्टी जेलमा राखिएको छ । उनलाई ३ फेब्रुअरीमा सम्भावित सुनवाईका लागि अदालतमा उपस्थित गराइने छ ।

सामाजिक सञ्जालमा धेरैले लेस्टिनाप्रति सहानुभूति व्यक्त गरेका छन्। परिवार र नजिकका साथीहरुले पनि सानै उमेर भएकाले उनलाई माफी दिनुपर्ने माग गरिरहेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री