आइतबार, २३ वैशाख २०८१

गर्भमा भएका बच्चालाई पनि दुख्छ !

समयपोष्ट २०७६ माघ १२ गते १३:१९

Advertisement

गर्भमा रहेका बच्चाले दुखाईको महसुस गर्नसक्ने एक अध्ययनले जनाएको छ ।

‘प्रो चोइस पेन एक्सपर्ट’ अर्थात शारीरिक दुखाइका विज्ञ सहित दुई अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार २४ हप्ता पूरा नभएपनि बच्चाहरुले दुखेको महसुस गर्न सक्ने हुँदा गर्भपतन गराउने समयमा तिनलाई पनि आमालाई जत्तिकै दुख्ने र पिडामा हुने गरेको बताइएको छ ।

भ्रूणले २४ हप्ता अगाडि कुनैपनि किसिमको दुखाइ महसुस गर्नु असम्भव रहेको परम्परागत मान्यता रहँदै आएपनि हालका केही अध्ययनहरुले यसको विपरित निष्कर्ष पुष्टि गरेको स्वीकार गरेका हुन् ।

यस्तोमा गर्भपतन गराइरहँदा सो भ्रूणले पनि धेरै पीडा सहनुपर्ने देखिएको हो । अध्ययनका अनुसार पेट भित्रका बच्चाले १३ हप्ता भन्दा अगाडिदेखि नै पीडा र दुखाइ जस्ता भाव महसुस गर्न सक्छन् ।

Advertisement

यस्तोमा त्यति समयमा गर्भपतन गराउने निर्णय गर्ने आमाहरुलाई त्यस अगाडि नै भ्रूणले पनि उत्तिकै पिडा सहनुपर्नेबारे जानकारी दिइनुपर्ने तर्क अघि सारिएको छ साथै दुखाइ कम गराउने औेषधि लिन पनि सुझाव दिइको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री