शुक्रबार, १६ चैत २०८०

कोरोना भाइरसबाट मृत्यु हुँनेको संख्या २५ पुग्यो

समयपोष्ट २०७६ माघ १० गते १३:१७

Advertisement

कोरोना भाइरसबाट चीनमा मृत्यु हुँनेको संख्या २५ पुगेको छ ।

कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् ।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।

ज्यान गुमाउने अधिकांश हुवेईका रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री