बिहीबार, १५ चैत २०८०

चिरायु अस्पतालमा इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई विशेष छुट

समयपोष्ट २०७६ माघ १० गते १२:२७

Advertisement

नेपाल इन्भेष्टमेण्ट बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरे ।

यससंगै बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेष्टमेण्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् ।

चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट (सीएनएचएमआई) काठमाडौंमा रहेका निजी क्षेत्रका प्रमुख अस्पतालहरूमध्ये एक हो, जुन राजधानीको केन्द्रमा अवस्थित छ भने आधुनिक सुविधाहरूसहित उत्कृष्ट प्रकारका साधारण तथा विशेषज्ञ चिकित्सकीय सेवाहरू उपलब्ध छन् ।

सन् २०१३ को डिसेम्बरदेखि सञ्चालन आरम्भ भएको चिरायु अस्पतालले भर्ना गर्नुपर्ने र भर्ना नभइ उपचार गर्नुपर्ने सवै किसिमका बिमारीहरूका लागि उच्च गुणस्तरीय र सस्तो स्वास्थ्य हेरचाह सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री