मंगलबार, ४ वैशाख २०८१

बजारमा लगानीकर्ताको मनोबल कम देखिन्छ : ज्योति विकास बैङ्कका सीईओ ज्ञवालीको अन्तर्वार्ता

समयपोष्ट २०७६ माघ १० गते १०:०७

Advertisement

ज्योति विकास बैङ्कको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

ज्योति विकास बैङ्क चार वटा बैङ्क हाम्रो विकास बैङ्क, राप्ती भेरी विकास बैङ्क, झिमरुक विकास बैङ्क र ज्योति विकास बैङ्क चार वटा विकास बैङ्क आपसमा गाभिएर बनेको बैङ्क हो । अहिले हामीसँग तीन अर्ब १० करोड रुपियाँको पुँजी छ । हामीले यस पटक १२.७५ प्रतिशत बोनस सेयर जारी गरेका छौँ । त्यो आइसकेपछि हाम्रो पुँजी लगभग साढे तीन अर्बको हुन्छ । पुँजी नियामक आवश्यकता रु. २.५ अर्बभन्दा रु. एक अर्ब बढी छ । बिजनेस व्यवसायको हिसाबले रु. ३४ अर्बको हाराहारी निक्षेप र रु. २८ अर्ब कर्जा नाघेको छ । लगभग पौने तीन लाख जति ग्राहक छन् । मुनाफाको कुरा गर्दा दोस्रो त्रैमासिक बाँकी नै छ । प्रथम त्रैमासिकको वित्तीय विवरण हेर्ने हो भने दस÷एघार वटा राष्ट्रिय स्तरका विकास बैङ्कमध्ये चौथो स्थानमा छौँ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक सय दुई वटा शाखा विस्तार भएका छन् । अन्य शाखा थप्ने तयारी गरिरहेका छौँ । ४७ वटा एटीएम छन् । त्यो पनि थप्ने क्रममा छौँ । कर्मचारीको सङ्ख्या आठ सय छ । वित्तीय सूचकाङ्कमा एनपीएल लेबल एक प्रतिशतभन्दा तल नै छ । दुई ढाई वर्षमा रु. ६ अर्बको पोर्टफोलियो, रु. २८ अर्ब लोन पुग्दा पनि एनपीएको लेबल एक प्रतिशतभन्दा तल नै छ ।

हाम्रो सञ्चालक समितिको निर्देशन पनि संस्थाको सुशासनमै रहेर दीर्घकालीन रूपमा काम गरौँ भन्ने छ । बाध्यकारी स्थिति नआएसम्म अरूमा मर्ज वा विलय नहुने विकास बैङ्ककै रूपमा रहने भन्ने छ ।

हाम्रो सञ्चालक समितिको निर्देशन पनि संस्थाको सुशासनमै रहेर दीर्घकालीन रूपमा काम गरौँ भन्ने छ । बाध्यकारी स्थिति नआएसम्म अरूमा मर्ज वा विलय नहुने विकास बैङ्ककै रूपमा रहने भन्ने छ । यसमा हाम्रो सञ्चालक समिति पनि स्पष्ट छ । विगत दुई/तीन वर्षको बैङ्कको समग्र वित्तीय अवस्था, बजारमा आउँने ब्रान्डिङको अवस्था हेर्दा सन्तोषजनक नै छ ।

शाखा विस्तारमा जति आक्रामक देखिनुभएको छ, त्यो हिसाबमा बिजनेस ग्रोथ गर्न कत्तिको चुनौती छ ?

पहिले बैङ्कका शाखा १७/१८ वटा भएभन्दा धेरै मानिन्थ्यो । कुनै बैङ्कले ५१ वटा शाखा बनाए भने ओहो ५१ वटा शाखा भनिन्थ्यो तर अहिले पुँजी चार गुणा बढाइयो । दुई अर्बको वाणिज्य बैङ्कको पुँजी बढेर रु. आठ अर्ब, रु. ६४ करोडको राष्ट्रिय स्तर विकास बैङ्कको पुँजी रु. २.५ अर्ब भयो । यसरी पुँजी वृद्धि हुँदा व्यापार चाहियो । त्यसका लागि फैलिनुप¥यो । फैलिने क्रममा बैङ्क तथा वित्तीय संस्थाकोे शाखा विस्तारको होड नै चल्यो । बैङ्किङ उद्योगको अध्ययन गर्दा आ.व ०७५/७६ को प्रगति र गएको चार वर्षको प्रगति हेर्ने हो भने दोब्बरभन्दा बढी भएको छ । व्यवसाय, पुँजी र अन्य वृद्धि यो चार वर्षको अवधिमा धेरै नै भएको छ । पुँजीको साइज अनुसारको व्यवसाय पुर्याउन पनि शाखा विस्तारमा आक्रामक हुनैपर्ने स्थिति रह्यो । लगभग सबै वित्तीय सस्था त्यो होडमा रहे । त्यसकारण शाखा विस्तार आक्रामक हुँदै गएको हो ।

विकास बैङ्कको अवधारणा ग्रामीण विकासका लागि भएको थियो तर अहिले विकास बैङ्क सहरमा त्यसमा पनि कमर्सियल बैङ्कसँग प्रतिस्पर्धा गरिरहेका छन् । अब विकास बैङ्कको पहिचान कसरी अगाडि बढछ ?

विकास बैङ्कको अवधारणा के हो ? विकास बैङ्कले गर्नुपर्ने काम के हो ? भनेर बुझ्नुभन्दा पनि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनको व्यवस्था हेर्नुपर्छ । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनमा विकास बैङ्कले गर्न पाउने र नपाउने कार्य क्षेत्रको कुरा गर्दा अहिलेसम्म अन्तर एउटा एलसीको कारोबारमा देखिन्छ । एलसीको कारोबार गर्न वाणिज्य बैङ्कलाई मात्र छुट छ । ‘ख’ र ‘ग’लाई छैन । अर्को क्रेडिट कार्ड जारी गर्ने कुरासमेत भर्खरै मात्र थप भएर आएको छ । त्यसमा पनि हामीलाई रोकिएको छ । जबकि हामी बिना धितो रु. १५ लाख व्यावसायिक कर्जा दिन सक्छौँ भने रु दुई लाखको क्रेडिट कार्डमा किन रोकिएको हो हामीलाई जानकारी छैन । त्यस बाहेक वाणिज्य बैङ्क र विकास बैङ्कले गर्न पाउने काम एउटै छ । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, जसको अन्तर्गत हामी स्थापना भयौं। उक्त ऐनमै यसो हुनुपर्ने, उसो हुनुपर्ने भनेर हामीले कल्पना गरेर भएन । जुन नियमनकारी निकायका प्रावधानले कार्यक्षेत्रमा अन्तर नगरिदिएका कारणले गर्दा हामी लगभग उस्तै छौँ ।

कुनै अर्बौं रुपियाँको प्रोजेक्टमा फाइनान्स कम्पनी, विकास बैङ्क र दुई वटा कमर्सियल बैङ्कसँगै कन्सोर्टियम फाइनान्समा पनि गएका छन् । लघुवित्तको डाइरेक्ट लेन्डिङ वाणिज्य बैङ्कले पनि गरेको छ । हामी वास्तवमा जिकज्याक छौँ । अहिलेको अन्तर भनेको पुँजी र व्यवसाय साइज बाहेक अरू छैन ।

राष्ट्र बैङ्कले मर्जर, याक्विजिसनको कुरा गरिरहेको छ । त्यसमा पनि मेरो समर्थन छ । किनभन्दा कुनै अर्बौं रुपियाँको प्रोजेक्टमा फाइनान्स कम्पनी, विकास बैङ्क र दुई वटा कमर्सियल बैङ्कसँगै कन्सोर्टियम फाइनान्समा पनि गएका छन् । लघुवित्तको डाइरेक्ट लेन्डिङ वाणिज्य बैङ्कले पनि गरेको छ । हामी वास्तवमा जिकज्याक छौँ । अहिलेको अन्तर भनेको पुँजी र व्यवसाय साइज बाहेक अरू छैन । विकास बैङ्क साथै फाइनान्स कम्पनीमा समेत वाणिज्य बैङ्कसँग अन्तर छैन । यसलाई प्रस्ट पार्न सबैभन्दा पहिले ऐनका प्रावधान परिवर्तन गर्नुपर्छ । वाणिज्य बैङ्कले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक असर पार्नेगरी जाने, विकास बैङ्कले त्यही अनुसार एसएमई बिजनेस गर्ने, फाइनान्स कम्पनीले कन्जुमर ल्यान्डिङ गर्ने, माइक्रोफाइनान्स गर्ने भनेर डिप्राइभ सेक्टरमा गर्नेगरी हाम्रा ऐनका प्रावधान परिवर्तन हुनुपथ्र्यो जुन भएको अवस्था छैन । त्यसकारण जसले जे पनि गर्ने अवस्था छ ।

हामीले बीचमा वाणिज्य बैङ्कको कर्जासमेत बाइब्याक गरेका हौँ । बैङ्किङ क्षेत्रमा तरलता अभाव भएको, उथलपुथल भएको बेला हामीले ग्राहकको मनोबल जित्न सक्यौँ । त्यस कारणले हामी स्थापित भएर जान सक्छौं ।

हिजो रु. ६४ करोडको पुँजीलाई पाँच/छ अर्बको लोन साइजले पुग्थ्यो । आज तीन अर्बको पुँजीलाई कमसेकम रु. ३० अर्बको कर्जा चाहिन्छ । रु. ३० अर्बको कर्र्जा भनेको रु. २० लाख रु. १० लाखको कर्जा दिएर रु. ३०/४० अर्बले पुग्दैन । पुँजीको आकार बढेको अलि ठूलो साइजको कर्पोरेट लोन नगरी सम्भव नभएकाले विकास बैङ्क विस्तारै प्रतिस्पर्धात्मक भएर त्यता पुगेका हुन् । म आज पनि भन्छु हामी प्रतिस्पर्धी छौँ । तरलताको कुरा गर्दा स्थापित वाणिज्य बैङ्क १३ प्रतिशतसम्म एफडीको रेट छापेर तानातान गर्दैगर्दा हामी हाम्रो भद्र सहमतिमा अडिक रह्यौँ । हामीले १० प्रतिशतमा लिएका ग्राहकलाई बढाएर १३ प्रतिशत गर्यौं होला तर ८ मा लिएकोलाई १८ गरेका छैनौँ । वाणिज्य बैङ्कले छ/सात प्रतिशतमा दिएको होम, अटो लोन १५ प्रतिशतसम्म पुर्याएका ग्राहक कति छन् त्यो सबैलाई नै थाहा छ । त्यसकारण विकास बैङ्क संयमित रहे र अहिले पनि छन् । आपत् परेको बेला कस्तो गर्यो भन्ने हुन्छ । हामीले बीचमा वाणिज्य बैङ्कको कर्जासमेत बाइब्याक गरेका हौँ । बैङ्किङ क्षेत्रमा तरलता अभाव भएको, उथलपुथल भएको बेला हामीले ग्राहकको मनोबल जित्न सक्यौँ । त्यस कारणले हामी स्थापित भएर जान सक्छौं ।

अहिले कर्जाको माग कम भएको छ, यसले तरलता अभाव र ब्याजदर नियन्त्रण गर्छ ?

ब्याजदर भनेको डिमान्ड एन्ड सप्लाइको कुरा हो । डिमान्ड बढ्ने बित्तिकै प्राइस बढ्छ । डिमान्ड घट्ने बित्तिकै प्राइस घट्छ । अर्थशास्त्रको सामान्य सिद्धान्त हो यो । किन बढ्यो त भन्दा पुँजी एकै पटक चार गुणाले वृद्धि भयो । त्यसपछि सबैको लेन्डिङ टाइट बढ्यो । लेन्डिङ दौडाउन थाल्ने बित्तिकै स्रोतमा दबाब प¥यो । स्रोतमा दबाब पर्ने बित्तिकै डिपोजिटको कस्ट बढेर गयो । बैङ्क दौडिँदै गए तर अहिले डिपोजिटको ग्रोथ घटेकै छ । गत वर्षको डिपोजिटको रेट २०/२१ प्रतिशतको हाराहारीमा थियो भने यो वर्षको डिपोजिटको वार्षिक ग्रोथ रेट १५ प्रतिशत हाराहारीमा रोकिन्छ । राष्ट्र बैङ्कले पहिलो चार महिनाको छापिसकेको छ । एक सय अर्बले पनि बढेको छैन । निक्षेपको वृद्धि राम्रो भएको होइन तर पछिल्लो समयमा बजारमा लगानीकर्ताको मनोबल कम देखिन्छ । लगानीमा सरकारको नीति कस्तो आउँछ हेरौँ न भन्ने देखिन्छ । अर्को कुरा बिजनेस लोनका लागि आन्तरिक राजस्व कार्यालयकोे वेबसाइटमा लगइन गरेरै त्यहाँबाट बैङ्कमा समिट गर्ने, त्यहाँ बुझाउने डकुमेन्ट युनिफर्मिटी चेक गरेरै जानुपर्र्नेे प्रावधान आयो । जसका कारणले गर्दा कतिपय कर्जा नवीकरण हुनै गाह्रो हुने अवस्था छ । अहिले कन्जुमर लोनलाई पनि कडा गरियो । कन्जुमर लोनको अहिलेको प्रावधान के छ भने कुल आयको ५० प्रतिशतभन्दा बढी ईएमआई इक्युभ्यालेन्ट नहुनेगरी होम, अटो लोन नदिनु भनेको छ । अहिले सरकारका सचिवको तलब रु. ६० हजार पनि छैन । अब मैले आधा ईएमआई हुनेगरी दिनुप¥यो भने ३० हजारभन्दा तलको ईएमआई कायम गर्नुपर्ने हुन्छ । मैले रु. २८ हजार, रु. ३० हजार ईएमआई हुनेगरी लोन दिने भनेको बढी गयो भने रु. ३० लाख, रु. ३५ लाख हो । त्यति लोन लिएर काठमाडौँमा घर किनेर सचिव बस्न सक्छन् ? यसरी कर तिरेको डकुमेन्ट सहितको आयलाई मात्र आयमा गणना गर्नुपर्ने हुन्छ । आयको ५० प्रतिशतभन्दा बढी ईएमआई नहुनेगरी कर्जा कायम गर्नुपर्ने नभए वाच लिस्टमा राख्नुपर्ने प्रावधान आइसकेपछि अटो मोबाइल सेक्टरमा पनि सेल्स घटेको अवस्था छ ।

एकातिर कर्जाको माग घट्यो, अर्कोतिर पोहोर सालभन्दा अहिले निक्षेप बढ्ने क्रम घटेको छ । तेस्रो आयात घट्यो भनेर हामी खुसी भएका छौँ तर सँगसँगै गतवर्ष ३०/३२ प्रतिशतले बढी भइरहेको रेमिट्यान्सको वृद्धि नेगेटिभ भएको छ । यो इन्फर्मल इकोनोमीतिर डाइभर्जन भइरहेको त छैन भन्ने डर छ ।

हामी कर छल्न सहयोगी भूमिकामा बस्ने होइन । हाम्रा कर्मचारीले कमाएको एक/एक रुपियाँमा कर तिरेका छौँ । त्यसलाई नै हेरेर बैङ्कले अपार कमायो भन्ने पनि छन् । यसको मतलब कर छली गर्नुपर्छ भन्ने उद्देश्यमा छैनौँ ।
झ्याप्प एकैचोटि गर्नुभन्दा पनि विस्तारै गर्नुपथ्र्यो भन्ने हो । पहिले रु. पाँच करोड बढीभन्दा टर्नओभर भएकालाई, त्यसपछि रु. २/३ गरेर सबैलाई ल्याउनुपथ्र्यो । अहिले रु. २० लाख लोन लिने ग्राहकलाई पनि कसरी मिलाउँ भन्ने छ । जसले गर्दा थप कर्जा निरुत्साहित भएको अवस्था छ । यो एउटा चरण हो । सरकारले लिएको नीतिमा बदमासी गरेर व्यवसाय गर्छौं भन्न हामीले मिल्दैन र हुँदैन पनि । व्यापारीले पनि कमाएपछि कर तिर्नुपर्छ तर सहजीकरण गरेर जानुपथ्र्यो । अचानक आइसकेको हुनाले कर्जाको माग कम भएको देखिन्छ । एकातिर कर्जाको माग घट्यो, अर्कोतिर पोहोर सालभन्दा अहिले निक्षेप बढ्ने क्रम घटेको छ । तेस्रो आयात घट्यो भनेर हामी खुसी भएका छौँ तर सँगसँगै गतवर्ष ३०/३२ प्रतिशतले बढी भइरहेको रेमिट्यान्सको वृद्धि नेगेटिभ भएको छ । यो इन्फर्मल इकोनोमीतिर डाइभर्जन भइरहेको त छैन भन्ने डर छ । हुन्डी कारोबारी अलि वृद्धि भए कि ? हामीले चाहेको दिशा र प्रतिक्रिया स्वरूप गएको दिशा यता–उति भयो कि भन्ने कुरामा नियमनकारी निकाय र सरकार चनाखो हुनुपर्छ । हामीले डेटा, फ्याक्ट फिगरले सहयोग गर्नुपर्छ । यी कुरामा तम्तयार हुनुपर्छ । यो भइसकेपछि लिक्विडिटी बढ्छ कि बढ्दैन ? भन्ने कुरा माग र आपूर्तिमा भर पर्छ । यहीँ अवस्थाको लिक्विडिटी छ्यालब्याल हुने हो भने अहिले पनि बैङ्किङ सेक्टरको तरलता ७६ प्रतिशत हाराहारी सीसीडी छ । त्यो भनेको मारामार गरेर डिपोजिट उठाउनुपर्ने अवस्था होइन । त्यो हुने बित्तिकै विस्तारै लिक्विडिटीको कस्ट तलतिर जाला तर यो लामो समयसम्म हुँदैन । किनभने राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई आफ्नो कोर क्यापिटलको २५ प्रतिशत ऋणपत्र जारी गर्न भनिसकेको छ । त्यो ऋणपत्र सप्लिमेन्ट्री क्यापिटलमा गणना हुन्छ । त्यो क्यापिटल बढ्ने बित्तिकै फेरि बिजनेस बढ्छ । बैङ्क अलिकति मौका पाउने बित्तिकै दौडने छन् । अहिले बसेको मात्र अवस्था हो ।

अझै पनि हाम्रो रिक्वायरमेन्ट जति छ, अहिले बैङ्किङ सेक्टरमा भएको कुल क्यापिटल फन्डले लिनुपर्ने कति थियो र कति छ लोनको साइजभन्दा रु. ९/१० खर्ब हाराहारी ग्याप बाँकी छ । त्यो रु. ९/१० खर्बको लेन्डिङ बाँकीछँदा दौडिनै खोज्छन् । यस्ता परिस्थितिले कहिलेकाहीँ याङ्करिङ भएर बस्ने मात्र हो । लङ रनमा अलिकति सहजता हुने बित्तिकै फेरि दौडिन्छ र डिपोजिटको कस्ट माथि जान्छ । स्थिर यहीँ रह्यो भने डिपोजिटको अवस्था तलतिर जाने हो ।

ज्योति विकास बैङ्कका आगामी योजना के छन् ?

सञ्चालक समिति निर्दिष्ट लक्ष्यका साथ अगाडि बढेको छ । प्रस्ट गाइड लाइन छ, कुनै कन्फ्युजन छैन । भोलि ‘ख’ र ‘ग’ नरहने भन्ने कुरा आयो भने मुद्दा हाल्न जाने कुरा आएन । नियामक निकाय र ऐनका प्रावधानले हामीलाई नरहने स्थिति कायम नराखेसम्म आजको दिनसम्म ज्योति विकास बैङ्क सक्षम, सबल र ज्यादै राम्रो ब्रान्ड इमेज भएको विकास बैङ्कका रूपमा अगाडि बढ्छ । सुशासित, पारदर्शी, ग्राहकमैत्री, सबै स्टेक होल्डर्सलाई ज्यादै राम्रो विकास बैङ्कका रूपमा स्थापित हुने पहिलो लक्ष्य बाहेक अरू छैन । त्यो लक्ष्य प्राप्त भएपछि हामी उठेर हेर्छौं ।

हाम्रो चाहना छ, विकास बैङ्क भन्ने बित्तिकै ग्राहकको पहिलो रोजाइ ज्योति विकास बैङ्क भन्ने होस् र बजारले त्यसैगरी सम्झियोस् । हामीले बजारको त्यो अपेक्षा पूरा गर्न सकौँ भन्ने हिसाबमा हामी लागेका छौं । 

अहिले म्यानेजमेन्ट टिममा धेरै अनुभवी साथी आइसक्नुभएको छ । म्यानेजमेन्ट टिम पूर्ण भइसकेको अवस्था छ । त्यस्तै विभागीय प्रमुख साथी पनि त्यो लेबलमा भइसकेको हुनाले हाम्रो अर्को चरण भनेको आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउने रहेको छ । त्यससँगै आन्तरिक नीति, नियम, गाइड लाइन्स रोबस्ट बनाउने काममा पनि लागेका छौँ । जुन लगभग पूरा भइसकेको छ । यी दुई लक्ष्य पूरा भइसकेपछि व्यवसाय वृद्धि अगाडि लिएर जान्छौँ । बिजनेस ग्रोथ एक लेबलमा पुगिसकेपछि नयाँ प्रविधिमा प्रविधिमैत्री भएर ग्राहकलाई छिटोछरितो सेवा दिन स्थापित हुन खोजिरहेका छौँ । हाम्रो चाहना छ, विकास बैङ्क भन्ने बित्तिकै ग्राहकको पहिलो रोजाइ ज्योति विकास बैङ्क भन्ने होस् र बजारले त्यसैगरी सम्झियोस् । हामीले बजारको त्यो अपेक्षा पूरा गर्न सकौँ भन्ने हिसाबमा हामी लागेका छौं । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री