शुक्रबार, १४ वैशाख २०८१

नेपाल फर्कर्ने बितिक्कै पक्राउ नपर्ने भईन् आस्था

समयपोष्ट २०७६ माघ ८ गते १३:५६

Advertisement

पक्राउ पुर्जी जारी गरिएकी गायिका आस्था राउतप्रति प्रहरी नरम देखिएको छ । काठमाडौं प्रहरी परिसरले गायिका राउतका आमाबुवाले प्रहरी कार्यालय ल्याउने जिम्मा लिए पक्राउ नगरिने जनाएको छ ।

उनी हाल सिक्किम कार्यक्रममा छिन् । उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने तयारीमा प्रहरी थियो । तर अभिभावकले प्रहरी कार्यालयमा आएर जिम्मा लिए पक्राउ नगरिने विवरण बुधबार सार्वजनिक भएको छ ।

काठमाडौं–चन्द्रगढी उडान अघि सुरक्षा जाँचका क्रममा उनको प्रहरी जवान रमिला श्रेष्ठसँग विवाद भएको थियो । त्यसपछि फेसबुक लाइभ गरेर अपशब्द बोलेका कारण राउतको आलोचना भएको थियो । प्रहरीले पनि कारबाही गर्ने तयारी गरेको थियो ।

प्रहरी जवान श्रेष्ठले अभद्र व्यवहारको कसुरमा आस्थाविरुद्ध दिएको उजुरी आइतबार दर्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री