कुटाई खाएका एन्फा कास्कीका अध्यक्षले मनाङे विरुद्ध उजुरी दिने

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे विरुद्ध उजुरी दिने भएका छन् ।

Advertisement

बुधबार पत्रकार सम्मेलनमार्फत गुरुङले मनाङेले हातपात गरेको विषयबारे बोल्दै आफू असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिन लागेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं प्रशिक्षक कृष्ण थापाले प्रतियोगिताका नाममा भ्रष्टाचार भएको भनेर लगाएको आरोप प्रमाणित गर्न मनाङेलाई चुनौति दिएका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री