वडाध्यक्षको निधन

बैतडीस्थित डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ । बोहराको आज निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

Advertisement

मुटु र फोक्सो सम्बन्धी बिरामी रहनुभएका बोहराको आज मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री