१५ वर्ष विदेश बसेर फर्किएपछि ७ करोड लगानीमा कपडा उद्योग, उत्पादित सामाग्रीको युरोप अमेरिकामा उच्च माग

जमुना वर्षा शर्मा

Advertisement

भ्रमण वर्ष सफल बनाउन देश विदेशमा विभिन्न प्रचारात्मक अभियान शुरु भएका छन् । २० लाख पर्यटक भित्र्याउने योजनासहित थालिएको यस अभियानलाई निजी क्षेत्रले पनि साथ दिँदै प्रचारात्मक अभियानमा जुटेका छन् ।

अहिले भ्रमण वर्षको लोगो अङ्कित स्वेटर, गलबन्दी, झोला, टोपीले आन्तरिक तथा बाह्य बजार जमाउन सुरुआत गरेका छन् । ती आकर्षक सामग्रीको माग निकै बढिरहेको छ । बुटवलको तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक सिर्जनात्मक शुरुआत गरेको छ । सो प्रालीले भिजिट नेपाल २०२० पोखरा र गण्डकी प्रदेशको लोगो अङ्कित स्वेटर गलबन्दी, टोपी र झोला बजारमा ल्याएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक इन्द्र खड्का १५ वर्ष विदेश बसेर फर्केर स्वदेशी उत्पादनमा सिर्जनात्मक कार्यमा लाग्नुभएको हो । पोखरामा महानगरपालिका–५ सामाजिक अभियन्ता अञ्जु क्षेत्रीसहित पाँच जनाले रु सात करोड लगानीमा स्थापित सो उद्योगमा ७० ले रोजगारी पाएका छन् ।

बजार व्यवस्थापनको जिम्मेवारीसमेत सम्हाल्नुभएकी क्षेत्रीले मूलुक समृद्धिका लागि विदेशी उत्पादन होइन स्वदेशी उत्पादनबाट सम्भव हुने भएकाले व्यवसायमा लागेको जानकारी दिनुभयो । “म राजनीति गर्छु, सामाजिक अभियन्ता पनि हुँ तर म उद्यम व्यवसाय बिना मेरो कामले सामाजिक उत्तरदायित्व पूरा गर्न सक्दैन । अब केही न केही इलमबाट अगाडि बढ्नुपर्छ भन्ने सोचेर व्यवसायमा लगानी गरेकी हुँ ।” उहाँले अहिले देश विदेशबाट
स्वेटर, टोपी, गलबन्दी, झोलाको माग बढिरहेको उत्पादनलाई अमेरिका, स्वीट्जरल्याण्ड, बेलायत, अष्ट्रेलियामा पनि पुर्याई सकिएको जानकारी दिनुभयो ।

Advertisement

उहाँले विदेशी पर्यटकलाई नेपालको कोशेलीका रुपमा दिनसमेत यसको प्रयोग गरिएको र यसले भ्रमण वर्षको प्रचारलाई समेत सहयोग पुर्याईने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री