बिहीबार, १३ वैशाख २०८१

जनकपुरमा टाटाको कार मेला शुरु

समयपोष्ट २०७६ माघ १ गते २०:२८

Advertisement

टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिंगले कार मेला आयोजना गर्ने भएको छ ।

कम्पनीले जनकपुरमा सिप्रदी ट्रेडिंग र सिप्रदी ट्रेडिंगका बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा माघ २ र ३ गते आयोजना कार मेला आयोजना गर्ने भएको हो ।

बिहान ११ बेज देखि साँझ ७ बजे सम्म होटल राजदरबार जनकपुरमा आयोजना हुँने यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न टाटाका गाडी किन —बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडी सँग साट्न सक्नेछन् ।

यस मेलामा कार्यक्रमस्थलमै फाईनान्सिंगकोे सुविधा उपलब्ध हुँनको साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज बोनस १ लाखसम्म प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । जनकपुरमा आयोजना गरेको मेला २ दिन सम्म चल्नेछ । कार्यक्रमस्थलमा प्रवेश नि:शुल्क गरिएको छ भने संगीत, नृत्य, गेम, मेहेन्दी ,नेलआर्टका साथै जलपानको समेत ब्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री