शुक्रबार, १६ चैत २०८०

विद्युत्को ४७ लाख बक्यौता

समयपोष्ट २०७६ माघ १ गते १५:५३

Advertisement

यहाँस्थित नेपाल विद्युत्् प्राधिकरणको वितरण केन्द्रको सडकबत्ती र सरकारी कार्यालय गरी ३१ ग्राहकबाट रु ४७ लाख छ हजार ७२२ बक्यौता रकम असुल्न बाँकी रहेको छ । आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म उक्त रकम बक्यौता देखिएको छ भने ७९ जना ग्राहकको नामावली कालोसूचीमा छ ।

कार्यालयले आव २०७३÷७४ मा १८६ विद्युत् लाइन काट्दा रु २० लाख ६९ हजार ९८५, आव २०७४÷७५ मा २९६ लाइन काट्दा रु ५१ लाख १८ हजार ९५१ र आव २०७५÷७६ मा ९३१ लाइन काट्दा रु एक करोड १८ लाख ४३ हजार ७१८ राजश्व सङ्कलन भएको कार्यालयका सहायक प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले बताउनुभयो ।

त्यसैगरी लामो समयसम्म विद्युत् महसुल नबुझाकाको लाइन काटिएपछि ग्राहकले निवेदन दिएर लाइन जोड्दा आव २०७३÷७४ मा १७४ लाइन जोड्दा रु २३ लाख तीन हजार ३७३, आव २०७४÷७५ मा ३३५ लाइन जोड्दा रु ४२ लाख ५५ हजार ६२७ र आव २०७५÷७६ मा ८३२ लाइन जोड्दा रु एक करोड ४२ लाख ७४ हजार २८६ सङ्कलन भएको थियो ।

त्यसैगरी आव २०७३÷७४ कार्यालयको कालोसूचीमा ४६ रहँदा रु पाँच लाख तीन हजार ४०९, आव २०७४÷७५ मा ८३ को रु नौ लाख ४४ हजार २१८ र आव २०७५÷७६ मा ७९ ग्राहकको रु नौ लाख तीन हजार ९६२ रकम बक्यौता रहेको कार्यालयका कम्प्युटर अप्रेटर राधा पोखरेलले जानकारी दिनुभयो ।

कालोसूचीमा पर्ने ग्राहक सुविधाबाट बञ्चित

विद्युत्को महसुल नबुझाएर कालोसूचीमा रहेका ग्राहकले कार्यालयबाट प्रदान गरिने कुनै पनि किसिमको सुविधा लिनबाट बञ्चित हुने कार्यालयका सहायक प्रशासकीय अधिकृत एवं सूचना अधिकारी कुँवरले बताउनुभयो । ग्राहकले प्रयोग गरेको पुरानो विद्युत् नम्बर फिर्ता गरी पुनः प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ । उहाँले भन्नुभयो, “तीन पुस्तेसम्म उक्त बक्यौता रकमको जवाफदेहीता बनाइएको छ ।”रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री