शुक्रबार, १४ वैशाख २०८१

ज्योति विकास बैंकको १२.७५ प्रतिशत बोनश शेयर पारित

समयपोष्ट २०७६ पुष २९ गते २०:२७

Advertisement

ज्योति विकास बैंकको लाभांश पारित भएको छ ।

मंगलबार सम्पन्नन बैंकको १२ औँ साधारण सभाले १२.७५ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा आ.व. २०७५/७६ को बार्षिक प्रतिवेदन, आ.व. २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती लगायतका नियमित प्रस्तावहरु बाहेक सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन सम्बन्धी कार्यक्रम रहेको थियो ।

उक्त निर्वाचन सम्बन्धी प्रस्तावमा जम्मा एक जना शेयरधनी, मन महर्जनको मात्र उम्मेदवारी परेकोले नीज महर्जन निर्विरोध निर्वाचित हुनुभएको बैंकका कम्पनी सचिव तथा सूचना अधिकृत श्री पारस राज कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दुमा राखेर शेयरधनीहरुलाई उचित लाभाँश दिँदै सम्पूर्ण नागरिकहरुको हितमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको जानकारी प्रदान गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृतले शेयरधनीहरुको जिज्ञाशाको जवाफ दिने क्रममा बैंकले तय गरेको उद्देश्य, दुरदृष्टि, ध्येय तथा आधारभूत मूल्य मान्यताहरुमा अडिग रहेर व्यवस्थापनले आफ्ना क्रियाकलापहरु अघि बढाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री