
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमानको टायर पंचर भएको छ ।
सोमबार सोलुखुम्बुको फाप्लुबाट काठमाडौँ आएको नाइन एन एबी यू कलसाइनको ट्वीन अटर विमान विहान ८ बजेर ३४ मिनेटमा अवतरण गरेको थियो ।
अवतरणका क्रममा टायर पन्चर भए पनि अन्य क्षति भने नभएको विमानस्थलका एक अधिकारीले बताए । विमानमा भएका सबै यात्रुहरु सकुशल छन् ।









प्रतिक्रिया