उपत्यकामा मेगा बैंकको थप चार वटा एक्सटेन्सन काउन्टर सञ्ञ्चालनमा

मेगा बैंकले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्ञ्चालनमा ल्याएको छ ।

Advertisement

बैंकले टोखा नगरपालिकाको झोर, सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुर महानगरपालिकाको सुनाकोठीमा मेगा बैंकले एक्सटेन्सन काउन्टर सञ्ञ्चालनमा ल्याएको हो ।

यससंगै बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ । यस्ता काउन्टरको विस्तारपछि सेवाग्राहीहरुलाई सहज हुने बैंकको विश्वास छ । मेगा बैंकका उपत्यकासहित देशभर १११ वटा शाखा कार्यालय, ११४ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ सेवा र तीन हजारभन्दा बढी मेगा रेमिट सञ्जाल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री