नेपाल बैंकको १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

Advertisement

शुक्रवार बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीकोे अध्यक्षतामा नेपाल एपीएफ क्लव, हलचोक, काठमाडौमा सम्पन्न सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार ८ सय नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउन १ अर्ब ४७ करोड १६ लाख ७५ हजार दुई सय) बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

बैंकको अधिकृत पूँजी रु.१० अर्बबाट बृद्धि गरी रु.१५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पूँजीमा बृद्धि गरी एघार अर्ब ४८ करोड २८ लाख २० हजार २ सय कायम गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको बैंकले जनाएको छ ।

साधारण सभामा बैंकको आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल भई पारित भएको छ ।

सभामा बैंकका अध्यक्ष अधिकारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाहीहरु सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पूर्ण शेयरधनी महानुभावहरु तथा सरोकारवालाहरुमा धन्यवाद प्रकट गरेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री