सानिमा बैंकद्वारा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान

सानिमा बैंक लिमिटेड पोखरा न्युरोड शाखाद्वारा हिमालय आँखा हस्पिटलमा आउने दैनिक करिब ५०० जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

Advertisement

उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालद्वारा हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तान्तरण गरे ।

बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत यही पौष १९ गते शनिबार पोखरा मा.न.पा. वडा नं. १७ घारीपाटन स्थित हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरिएको बैंकले जनाएको छ ।

साथै, दाहालले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए । त्यसैगरी, हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रति हार्दिक आभार व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री