सोमबार, ३१ वैशाख २०८१

आयु बढाउने टिप्स दिदाँ दिदैँ स्टेजमै बिते प्रशिक्षक, हेर्नुहोस् भाईरल भिडियो

समयपोष्ट २०७६ पुष १८ गते १३:४८

Advertisement

आयु लामो कसरी बढाउँने भन्ने बिषयमा प्रशिक्षण दिदाँ दिदैँ एक जना प्रशिक्षकको स्टेजमै मृत्यु भएको छ।

चिनमा भएको उक्त घटनाको भिडियो हाल भाईरल बनेको छ ।

ती व्यक्ति प्रशिक्षण दिइरहँदा स्टेजमै ढलेका थिए । ग्वाङडोङस्थित चिनियाँ स्वास्थ्य कम्पनी जोङी हेल्थ एन्ड टेक्नोलोजी कम्पनीका संस्थापक ६५ वर्षिय चेन पिवी कम्पनीको एक कार्यक्रममा स्वास्थ्य सम्बन्धि सुझावहरु दिइरहेका बेला ढलेपछि घटनास्थलमै मृत घोषित भए ।

पिवीले मानिस कसरी स्वस्थ्य हुने र कसरी लामो समयसम्म बाँच्ने भन्ने विषयमा त्यहाँ उपस्थित मानिसहरुलाई प्रशिक्षण दिइरहेका थिए । प्रशिक्षण दिने क्रममा स्टेजमा नै लडेर उनको मुत्यु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री