एन आई सी एशिया बैंकका ग्राहकलाई तिनाउ अस्पतालमा विशेष छुट

एन आई सी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।

Advertisement

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतसंगै एन आई सी एशिया बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक ग्राहकवर्गलाई तिनाउ अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्राप्त हुँने छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री