सोमबार, ७ जेठ २०८१

निधारमा त्रिशुलको निशान लिएर जन्मिए बालक, हरेक दिन बद्लिन्छ तस्विर

समयपोष्ट २०७६ पुष १६ गते १६:५०

Advertisement

भारतको रामगढमा अनौठो बच्चा जन्मिएका छन् । यसै वर्षको १० अगस्ट मा जन्मिएका यी बच्चाको निधारमा त्रिशुलको निशाना देख्न सकिन्छ ।

अनौठो त के छ भने यो बच्चाको निधार, कुम र छातीमा हरेक दिन त्रिशुल, स्वस्तिक, ऊँ र त्रिनेत्र आदिको तस्बिर बदलिरहन्छ ।

कोही यी बच्चालाई शिव, कोहीले विष्णु त कोहीले दुर्गा मानिरहेका छन् । दैनिक विहान अरुण कुँवरको घरमा मानिसहरुको निकै भीड लाग्ने गरेको जनाइएको छ ।

बच्चाको निधारमा स्पस्ट देखिएको त्रिशुल बेलुका मधुरो हुदै जाने र रातमा हराउने गरेको बताइएको छ । भोलिपल्ट यो आकृति पुनः देखिन्छ ।

Advertisement

यो बच्चा पुरै स्वस्थ रहेको पारिवारीक श्रोतले जनाएको छ । डाक्टरहरुले ब्लड कैपलरी डिफेक्ट से हिमान्जयोमा नामक रोगका कारण यस्तो समस्या आउन सक्ने बताएका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री