आइतबार, ११ साउन २०८२

सानिमा बैंकको नाफा ३२ प्रतिशतले बृद्धि

समयपोष्ट २०७६ साउन १२ गते ११:४९

सानिमा बैंकले गत आर्थिक बर्षमा ३२ प्रतिशतले नाफा बृद्धि गरेको छ । बैंकले १ अर्ब ६९ करोड रुपैयाँको नाफालाई २ अर्ब २४ करोड रुपैयाँ पुर्याएको हो।

बैंकले एक बर्षको अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ ऋण बिस्तार गरेको छ। ऋण बढाउन बैंकले ११ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

बैंकले एक बर्षको अवधिमा ३ अर्बको खुद ब्याज आम्दानीलाई ४ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ। बैंकले निक्षेपमा दिने र ऋणमा लिने ब्याजको स्प्रेड दर तोकिएको सीमाभन्दा कम ४.३५ प्रतिशत कायम गरेर काम गरेको छ।

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब रहेको छ । ८९ अर्ब ३७ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ८१ अर्ब २४ करोड रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष ३ अर्ब ८९ करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ३५.९७ प्रतिसतले बढेर ३ अर्ब १ करोड पुगेको छ ।

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १२.४१ गुणा, प्रतिशेयर नेट वर्थ १४८.७३ रुपैयाँ, प्रति शेयर आम्दानी २८.०४ रुपैयाँ, आधार ब्याजदर ९.४५ प्रतिशत, कोषको लागत ७.३९ प्रतिशत , र सीसीडि ७७.९१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री