राष्ट्रिय बाणिज्य बैंकको नाफा ३०.९१ प्रतिशतले बढ्यो
राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक बर्षमा तीन अर्ब आठ करोड २६ लाख ६० हजार रुपैंया नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्षभन्दा ३०.९१ प्रतिशतले नाफा बढाएको हो । बैंकले अघिल्लो आर्थिक बर्षमादुई अर्ब ३५ करोड ५२ लाख ८८ हजार रुपैंया नाफा गरेको थियो।
बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी ६ अर्ब ९७ करोड रुपैयाँ थियो भने अघिल्लो बर्षमा ५ अर्ब ५४ करोड रुपैयाँ थियो। बैंककले गत आर्थिक बर्षमा डुवेको एक अर्ब २१ करोड रुपैयाँ ऋण राइट व्याक गरेको छ ।
बैंकले गत आर्थिक बर्षमा एक खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत आर्थिक बर्षमा बैंकको कर्मचारी खर्च मात्र तीन अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ११ करोड रुपैयाँ रहेको छ।
बैंकको गत आर्थिक बर्षमा पूँजी कोष अनुपात १०.४६ प्रतिशतबाट बढेर ११.८३ प्रतिशत पुगेको छ । बैंकको एक आर्थिक बर्षमा ४.२५ प्रतिशतको खराब कर्जा घटेर २.३५ प्रतिशत रहेको छ।
प्रतिक्रिया