शनिबार, २२ वैशाख २०८१

नेप्से ३.५ अंकले बढ्यो

समयपोष्ट २०७४ साउन ३२ गते १०:३१

बुधबार नेप्से ३.५ अंकले बढेर १६३२.६६  विन्दुमा पुगेको छ ।  यसदिन  १५८ कम्पनीका १६ लाख ४२ हजार कित्ता शेयर ७० करोड रुपैयाँमा खरिद बिक्रि भएको छ।

Advertisement

 यसदिन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सबैभन्दा धेरै तीन करोड ४६ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । 

बुधबार बैंक समुह परिसुचक २.९६ अंकले, होटल समुह परिसुचक ७.५५ अंकले , विकास बैंक समुह परिसुचक ३.२ अंकले , बीमा समुह परिसुचक ७५.७८ अंकले  र अन्य समुह परिसुचक  २.०३ अंकले बढेका छन् । जलबिद्युत समुह परिसुचक ८.५५ अंकले , फाइनान्स समुह परिसुचक ३.०१ अंकले  र उत्पादनमुलक समूह परिसुचक ५३.१५ अंकले घटेका छन्। 

 यसदिन हाम्रो विकास बैंकका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत कमाएका छन्। हिमालयन डिस्टिलरीका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन्।

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री