आइतबार, ११ साउन २०८२

बैंकरहरुले गरे मौद्रिक नीतिको सरहाना

समयपोष्ट २०७६ साउन ८ गते १९:४८

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/ ०७७ को मौद्रिक नीति अपेक्षाअनुसार आएको बैंकरहरुले प्रतिक्रिया दिएका छन् ।

नीति सार्वजनिकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले समग्रमा तरलता व्यवस्था गर्नेगरी सन्तुलित ढङ्गबाट नै नीति आएको बताए।

“व्याजदरको स्थायित्व र तरलता व्यवस्थापनमा नीति केन्द्रित देखिन्छ । मर्जरलाई प्रोत्साहित गरेर जाने र समान शेयरधनीका हकका संस्था अनिवार्य मर्जरमा जाने गरी व्यवस्था मिलाइएको छ । जुन हाम्रो अपेक्षाअनुसार नै हो”, उनले भने । आफूहरुले दिएका अधिकांश सुझाव समेटिएर नीति आएको उनको भनाइ थियो ।

नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष अनिल केशरी शाहले मौद्रिक नीति सकारात्मकरुपमा आएको उल्लेख गर्दै नीतिले सकारात्मक नतिजा दिनेमा आफू आशावादी रहेको बताए ।

सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले नीतिले वित्तीय पहुँच विस्तारमा निजी क्षेत्रलाई प्रोत्साहन, उत्पादनशील क्षेत्रमा जाने कर्जामा विशेष ध्यान दिएको, रोजगारीका अवसर सिर्जना, व्यापार घाटा र शोधनान्तर घाटा कम गर्ने प्रयास सराहनीय रहेको बताईन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री