आइतबार, ११ साउन २०८२

एनआईंसी एशियालाई सर्वोत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड,दोश्रो र तेश्रोमा एनएमबी र सिटिजन्स

समयपोष्ट २०७६ साउन ८ गते १२:३७

एनआईसी एशिया र्बैंकले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड प्राप्त गरेको छ। नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान) ले एनआईसी एशिया बैंकलाई बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड प्रदान गरेको हो।

आईक्यानको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी रोशन न्यौपानेलाई सो अवार्ड प्रदान गरेका हुन्।

सर्वोत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गर्नेमा एनएमबी बैंक दोस्रो र सिटिजन्स बैंक तेस्रो भएका छन् । महालक्ष्मी विकास बैंकले विकास बैंकहरु मध्ये सर्वोत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड प्राप्त गरेको छ ।

बुटवल पावर कम्पनी, ओरियन्टल होटल र कर्जा सूचना केन्द्रले पनि अवार्ड प्राप्त गरेका छन् ।कार्यक्रममा अर्थमन्त्री खतिवडाले लेखापरीक्षकहरुलाई कम्पनीहरुको यथार्थ लेखापरीक्षण गरी संचालक र कर्मचारीहरुलाई जवाफदेही बनाउँने भुमिका खेल्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री