मंगलबार, १८ वैशाख २०८१

नेपाल बैंकको नाफा ३ अर्ब २१ करोड

समयपोष्ट २०७४ साउन ३० गते ६:५३

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले  २ अर्ब ८८ करोड  नाफा गरेको थियो । बैकको नाफा अघिल्लो वर्षको तुलनामा ११.६७ प्रतिशतले बढी हो । 

Advertisement

बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ८३ करोड रुपैयाँ गरेको छ । बैंकले ९३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने  ७४ अर्ब ३७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । 

बैंकले एक आर्थिक बर्षमा ६ अर्ब ४६ करोड रुपैयाँको चुक्ता पूँजी बढाएर ८ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै बैंकको जगेडा कोषमा तीन अर्ब ५१ करोड रुपैयाँ संकलन भएको छ । 

बैंकको पूँजी कोष अनुपात १०.२० प्रतिशतबाट बढेर १५.६१ प्रतिशत पुगेको छ । बैंकको खराब कर्जा गत आर्थिक बर्षमा केहि बढेको छ । बैंकको खराब कर्जा एक आर्थिक बर्षमा ३.११ प्रतिशतबाट बढेर ३.१७ प्रतिशत पुगेको हो । बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ रहेको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री