पोखरा फाइनान्सले जारी गर्यो एफपीओ,न्यूनतम १० कित्तादेखि आवेदन दिन पाइने
पोखरा फाइनान्सले आईतबारबाट ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले एफपीओ निष्कासन गरेको हो ।
दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य २५२ रुपैयाँ हाराहारीमा रहेको कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले आस्बा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट एफपिओमा भाद्र १ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । एफपिओ बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ ।
प्रतिक्रिया