मंगलबार, १८ वैशाख २०८१

पिसावको रंगबाट थाहा हुन्छन् यी रोग

समयपोष्ट २०७६ असार २६ गते १६:१३

Advertisement

पिसाबको रंग शरिरको अवस्था अनुसार फरक फरक हुन्छ । पिसाबको रंगले शरिरमा भएको परिवर्तनलाई संकेत गर्छ ।
कस्तो परिवर्तन अथवा रोगको संकेत गर्छ ?

रंगहिन पारदर्शी

यदि तपाईको पिसाब रंगहिन पारदर्शी छ भने यो पनि राम्रो संकेत भने होइन । यसको अर्थ हो तपाईले धेरै पानी पिउँनु भएको छ र पानीको मात्रा घटाउँनु पर्ने भएको छ ।

कतिपयलाई के भ्रम छ भने पानी झै रंगहिन पिसाब हुनु राम्रो कुरा हो तर यो गलत हो । किनकि, भनाई नै छ अतिले खति गर्छ । पिसाब सामान्य अवस्थामा पिसाब जस्तै हुनु पर्छ ।

एकदमै बढि पानी पिउँदा किड्नीले रगत छान्न पाउँदैन र रगत शुद्ध हुन समस्या हुन्छ ।

फिक्का पराल रंग

स्वास्थ्य मानिसको पिसाब फिक्का पराल रंगको हुन्छ । यसले तपाईको स्वास्थ्य ठिक छ र पानीको मात्रा पनि ठिक्क छ ।

गाढा पहेँलो

तपाईको स्वास्थ्य सामान्य अवस्थामा छ तर तपाईको शरिरमा पानीको मात्रा अलिक कम छ । पानीको मात्रा हलुका बढाउँनुहोस् ।

मह रंग

महको जस्तो रंगको पिसाब आउँनुको अर्थ हो, तपाईको शरिरमा पानीको अभाव भएको छ । प्रशस्त पानी पिउँनुहोस् ।

खैरो जाँड रंग

तपाईको कलेजोमा समस्या भएको हुन सक्छ अथवा नीर्जलिकरण भएको हुन सक्छ । प्रशस्त पानी पिउँनुहोस् ।

फिक्का गुलाबी

के तपाईले ऐसेलु वा काफल खानु भएको थियो ? होइन भने, तपाईको पिसाबमा रगत आएको हुन सक्छ वा यसले मृगौलाको समस्यालाई संकेत गरेको हुन सक्छ । त्यसैले तुरुन्तै अस्पताल गइ चिकित्सकको सल्लाह लिनुहोस् ।

सुन्तला रंग

यस्तो रंगको पिसाबले दुइवटा कुरा संकेत गर्छ । पहिलो, तपाईले पर्याप्त पानी पिउँनु भएको छैन । दोस्रो, तपाईको कलेज खराब भएको हुन सक्छ । तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोस् ।

हरियो अथवा निलो रंग

यस्तो रंगिन पिसाब आउँनु दुर्लभ अनुवांशिक समस्या पनि हुन सक्छ । आफ्नो परिवारमा अरु कसैलाई यस्तो भएको थियो कि थिएन भनेर सोधिखोजी गर्नुहोस् । कुनै व्याक्टेरियल इन्फेक्सन वा औषधीका कारणले पनि यस्तो हुन सक्छ ।

जुन अवस्थामापनि चिकित्सकसँग सल्लाह लिनु उचित हुन्छ ।

वैजनी रंग

चिन्ता नलिनुहोस्, यस्तो वैजनी रंगको पिसाब कहिलै देखिदैन । वरिपरीको प्रकाशको कारणले यस्तो देखिएको हुन सक्छ ।

फिँजयुक्त पिसाब

तपाईको खानामा प्रोटिनको मात्रा बढि भएका पिसाबमा बढि फिँज देखिन्छ तर सँधै जसो पिसाबमा फिंज देखिन थाल्यो भने चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री