साताको अन्तिम दिन सेयर बजार २.१६ अंकले तल झर्यो
साताको अन्तिम दिन सेयर बजार घटेको छ । बिहीबार नेप्से २.१६ अंकले घटेर १६६०.५८ अंकमा झरेको छ ।
यसदिन १६३ कम्पनीको २८ लाख कित्ता सेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । यसदिन बाणिज्य बैंक समुह ,वित्तिय समुह र अन्य समुहको परिसुचक हरिया देखिएका छन् भने होटल समुह,विकास बैंक समुह ,जलबिद्युत समुह ,बिमा समुह र उत्पादनमुलक समुह राता भएका छन् ।
यसदिन दिन बाणिज्य बैंक समुह ०.८९ ,वित्तिय समुह १२.९२ र अन्य समुहको परिसुचक १.४४ अंकले बढेका छन् । यस्तै होटल समुह १०.१२ ,विकास बैंक समुह १३.६७ ,जलबिद्युत समुह ११.१ ,बिमा समुह ४५.३ र उत्पादनमुलक समुह परिसुचक १७.३७ अंकले तल झरेका छन् ।
यसदिन मुक्तिनाथ बिकास बैंकको सबैभन्दा बढी १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यसदिन नेशनल माइक्रोफाइन्स, वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र कुवेर मर्चन्ट फाइनान्सका लगानीकर्ताले ९ प्रतिशत बढि कमाएका छन् । गण्डकी विकास बैंक र जनरल फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन्।
प्रतिक्रिया