नेपाल भारतबीच सांस्कृतिक सम्बन्ध सदिँयौंदेखि प्रगाढ रहँदै आएको छ : राजदुत पुरी
समयपोष्ट
२०७४ साउन १६ गते १२:४४
भारतीय राजदूत सन्जिभ सिंह पुरीले नेपाल भारतबीच जनस्तरमा मात्र नभई सांस्कृतिक सम्बन्ध पनि सदिँयौंदेखि प्रगाढ रहँदैआएको बताएका छन ।
राजदूत पुरीको सम्मानमा धर्मकीर्ति विहार, नःघलले आज एक कार्यक्रमको आयोजना गरेका कार्यक्रममा बोल्दै उनले धर्मकीर्ति विहार र भारतीय राजदूतावासबीच रहँदै आएको सहयोगात्मक सम्बन्धलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
विहार प्रमुख अनगारिका धम्मावतीले धर्मकीर्ति विहारलाई भारत सरकारबाट प्राप्त भइआएको सहयोग आउँदा दिन पनि जारी रहने विश्वास व्यक्त गर्दै राजदूत सिंहको सुस्वास्थ्यको कामना गरे । राजदूत सिंहलाई विहारका तर्फबाट अनगारिका धम्मावतीले ‘मायाको चिनो’ पनि प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया