मंगलबार, १८ वैशाख २०८१

ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७६ जेठ १३ गते १५:०४

Advertisement

ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त कम्पनीको निर्जीवन बिमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बिमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने सम्झौता भएको छ ।

ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री