बलेनो डूअलजेट हाइब्रिड इन्जिनमा
समयपोष्ट
२०७६ वैशाख २ गते ११:३९
मारुती सुजुकीले चर्चित मोडल बलेनो हाइब्रिड इञ्जिनमा ल्याउने तयारी गरेको छ । मारुतीले बलेनो १.२ लिटर डूअलजेट के१२ सी इन्जिनमा ल्याउने तयारी गरेको हो ।
फोर सिलिन्डर के१२बी भीभीटी इन्जिनले ८३ बीएचपी र ११५ एनएम टर्क दिनेछ । उक्त इन्जिनयुक्त बलेनोले २१.४ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।
हाल बलेनो के१० सी १.० लिटर र के१२ सी १.२ लिटर पेटोल इन्जिनमा उपलब्ध छ ।
त्यस्तै मारुती सुजुकीले डूअलजेट एसएचभीएस पेट्रोल इन्जिनमा भिटारा ब्रोजा समेत ल्याउने तयारी कम्पनीको छ । यो इन्जिनयुक्त ब्रोजा फेसलिफ्टमा आउने अनुमान गरिएको छ । यसले मारुती सुजुकीको सब–फोर मिटर एसयूभीको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा कम्पनीको छ ।
प्रतिक्रिया