मंगलबार, ६ साउन २०८२

वागेश्वरी बहुमुखी क्याम्पसलाई आङ्गिक मान्यता

समयपोष्ट २०७५ चैत १७ गते १४:१५


बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा रुपान्तरण भएको छ ।

विसं २०७५ भदौ २२ गते नेपाल सरकार मन्त्रिपरिषद्ले बागेश्वरी क्याम्पसलगायत १० वटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरे बमोजिम शुक्रबारदेखि बागेश्वरी बहुमुखी क्याम्पसले मध्यपश्चिम विश्वविद्यालयको सातौं आङ्गिक क्याम्पसको रुपमा मान्यता पाएको हो ।

विसं २०४८ मा स्थापना भएको यो क्याम्पस हालसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहँदै आएको
थियो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा उपेन्द्र कोइरालाले अबदेखि क्याम्पसको सम्पूर्ण जिम्मेवारी मध्यपश्चिम विश्वविद्यालयले लिए पनि शैक्षिक गुणस्तर कायम गर्न स्थानीय सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए ।

क्याम्पसलाई यस क्षेत्रकै उत्कृष्ट क्याम्पसको रुपमा स्तरोन्नति गराउन आवश्यक रहेको भन्दै उनले आफ्नो जिम्मेवारीबाट पञ्छिन खोज्ने प्राध्यापक र कर्मचारी सजायको भागिदार हुनुपर्ने चेतावनी दिए ।

‘कोही पनि आफ्नो जिम्मेवारीबाट पञ्छिन मिल्दैन उपकुलपति कोइरालाले भने, “क्याम्पससँग सम्बन्धित सबै व्यक्ति थप जिम्मेवार हुनुपर्ने समय आएको छ ।” विभिन्न सङ्गठनका नाममा शैक्षिक संस्थामा राजनीति नगर्न समेत कोइरालाले आग्रह गरे ।

वागेश्वरी बहुमुखी क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भएसँगै बागेश्वरी बहुमुखी क्याम्पसप्रति आफू थप जिम्मेवार भएको बताए ।

उनले क्याम्पसलाई प्राविधि शिक्षालयको हबका रुपमा विकास गराउने योजना रहेको बताउँदै त्यसका लागि क्याम्पसमा थप सङ्कायका विषयमा पठनपाठन शुरु गरिनुपर्ने उल्लेख गरे ।

ट्रकको ठक्करबाट एकको मृत्यु

कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट आज नेपालगञ्जमा एकको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका– १८ कारकाँदोमा बा ८ ख १६८४ नं को ट्रकको ठक्करबाट नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरका बलराम मिश्रको मृत्यु भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

बिहान करीब ११ बजे साइकलमा सवार मिश्रलाई ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए । शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक डाँगीले बताए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री