भोजपुर–विराटनगर उडान सेवा बन्द
समयपोष्ट
२०७५ चैत ७ गते २०:४४
नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए ।
मौसममा सुधार भएपश्चात् पुनःउडान सञ्चालन गरिने मिजारले बताए । निगमले यसअघि भोजपुर–विराटनगर हप्तामा बिहीबार र शनिबार उडान भर्दै आएको थियो । भोजपुर–काठमाडौँ भने हप्तामा सातै दिन उडान भइरहेको निगमले जनाएको छ ।
प्रतिक्रिया