जथाभावी सडक पार गर्दा तिनुपर्ने दुई सय रुपैयाँ जरिवाना शुल्क हट्यो
समयपोष्ट
२०७४ जेठ ३० गते १०:२६
जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग ट्राफिक प्रहरीले उठाउँदै आएको दुई सय रुपैयाँ जरिवाना हटेको छ ।
गृहमन्त्री जनार्दन शर्माले मंगलबार प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर छलफल गरेपछि जरिवाना बापतको शुल्क हटाईएको हो ।
गृहमन्त्री शर्माले नगद जरिवाना हटाउँन ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए । जरिवाना शुल्क हटाईए पनि तिन घण्टे कक्षा भने पैदलयात्रीले लिनैपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले जेठ १६ गतेबाट कारबाही सुरु गरेको थियो ।
प्रतिक्रिया