नियमित सेक्सले बढाउछ महिलाको मेमोरी पावर
नियमित सेक्स गर्नाले महिलाको स्मरण क्रियाकलापमा सकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ ।
एक नयाँ अध्ययनका अनुसार जो महिला नियमित रुपले सेक्सुअल इन्टरकोर्समा सहभागि हुन्छन् उनमा कुनैपनि काम र शब्दहरु याद राख्ने क्षमता निकै राम्रो हुन्छ ।
क्यानडाको मन्ट्रियल स्थित म्याकगिल यूनिभर्सिटीका अध्ययनकर्ताले गरेको अध्ययनमा पीभीआई अर्थात् पीनाइल भजाइनल इन्टरकोर्सले स्वस्थ महिलाको स्मरण क्रियाकलापमा सकारात्मक असर पार्छ । जसले गर्दा उनलाई कुनैपनि कुरा याद राख्ने क्षमता राम्रो बनाउँछ । अध्ययनका लागि १८ देखि २९ वर्ष उमेरका ७८ जना हेट्रोसेक्शुअल महिलालाई कम्प्यूटराइज्ड मेमरीलाई पुरा गर्नका लागि भनिएको थियो ।
जसमा केहि महिलाले केहि काल्पनिक शब्द र काल्पनिक अनुहार थिए । आर्काइभ्स अफ सेक्शुअल बिहेवियर नामक जर्नलमा प्रकाशित अध्ययन नतिजाका अनुसार नियमित रूपले सेक्स गर्नाले काल्पनिक शब्द याद राख्नेमाथि सकारात्मक नतिजा देखिएपनि अनुहार याद राख्नेमा देखिएन । एजेन्सी
प्रतिक्रिया