सेयर बजारमा सामान्य अंकको सुधार
समयपोष्ट
२०७५ माघ १४ गते १५:२३
सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसुचक २.७९ अंकले बढेर ११६४.८९ बिन्दुमा पुगेको छ । बजार बढे पनि कारोबार रकम २२ करोड ४३ लाख रुपैयाँमा खुम्चियो।
सबै भन्दा धेरै सिभिल बैंकको संस्थापक शेयर एक करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै ९.९२ प्रतिशतले बढेको सपोर्ट माइक्रोफाइनान्स कारोबारमा सर्किट लागेको थियो।
बाणिज्य बैंक, माइक्रोफाइनान्स, बीमा कम्पनीको सूचक बढ्दा समग्र शेयर बजार नै हरियो देखिएको हो। होटल, हाइड्रोपावर, उत्पादन तथा प्रसोधन र अन्य सूचक घटेका छन्।
प्रतिक्रिया