बुधबार, १९ वैशाख २०८१

विकास बैङ्कको वित्तीय इकोसिष्टम ग्रामीणमुखी भएकाले गाह्रो छैन

समयपोष्ट २०७५ माघ १८ गते ११:४८

Advertisement

मुक्तिनाथ विकास बैङ्क स्याङ्जामा तीन जिल्ले कार्य क्षेत्र बनाएर काम गरेकोमा अहिले राष्ट्रियस्तरको बैङ्क बनेको छ । यसको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

मुक्तिनाथ विकास बैङ्क सन् २००७ मा तीन जिल्ले विकास बैङ्कको रूपमा स्थापना भएको हो । त्यस्तै, २०१० मा दश जिल्ले विकास बैङ्क भयो । त्यसपछि २०१६ देखि राष्ट्रियस्तरको विकास बैङ्कको रूपमा काठमाडौँमा आएर अपरेसन सुरु गरेका हौँ । यो दौरानमा सबैले फाइनान्सियल फिगर त देखिरहनुभएकै छ । सबै सन्तोषजनक नै छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा यो बैङ्कले कस्तो पृष्ठभूमिमा बसेर आफ्नो काम सुरु गरेको थियो, कुन प्रयोजनका लागि यो बैङ्कको सुरुवात गरिएको थियो, त्यो धेरै महत्वपूर्ण पाटो हो । नेपालको बैङ्किङ इतिहास हेर्दा काठमाडौँमा बैङ्क खोलेर विस्तारै बैङ्क गाउँतिर जाने चलन छ । तर यो यस्तो बैङ्क हो, जुन गाउँमा स्थापना गरेर सहरतिर आएको छ । यसको जरा सहरमा भन्दा पनि गाउँमा छ ।

यस बैङ्कलाई २०६३ सालमा दर्ता गर्दा स्याङ्जाको तत्कालीन समयमा ५ हजार अथवा त्यो भन्दा बढीको चेक इन क्यास गर्नुपर्यो भने पोखरा आउनुपर्ने बाध्यता थियो । त्यहाँको बैङ्क तथा वित्तीय संस्थामा त्यो सेवा पाउन गाह्रो थियो । साथै, देश द्वन्द्वमा नै थियो । त्यस्तो अवस्थामा यो बैङ्कको स्थापना भएको हो । यस बैङ्कको स्थापना गर्दा हाम्रा तत्कालीन संस्थापक सीईओ भरतराज ढकाल लगायतका अग्रज प्रमोटरहरूले स्याङ्जा जिल्लामा त्यहाँका जनतालाई कसरी राम्रो वित्तीय सेवा दिन सकिन्छ भन्ने हिसाबले स्थापना गरेका हुन् ।

यस बैङ्कको सम्बन्ध रुट लेबलमा छ । हामीले सीधा जनताको घरदैलोमा गएर सेवा दिएको हुनाले बैङ्क यहाँसम्म आइपुग्न सफल भएको हो ।

Advertisement

बैङ्क जनतामा जानुपर्छ भन्ने जुन कुरा छ, त्यसको लागि मुक्तिनाथ विकास बैङ्कले स्थापनाकालदेखि नै ग्रामीण तथा दुर्गम इलाका, जहाँ गरीब जनताको बसोबास रहिआएको छ, उनीहरूको जीवनस्तर उकास्नका लागि बैङ्कले घरदैलोमा गएर कार्यक्रम गरेर वित्तीय सेवाहरू दिएको छ । यस बैङ्कको सम्बन्ध रुट लेबलमा छ । हामीले सीधा जनताको घरदैलोमा गएर सेवा दिएको हुनाले बैङ्क यहाँसम्म आइपुग्न सफल भएको हो । तर हाम्रो सेवा जुन फन्डामेन्टल अप्रोच छ, त्यसलाई हामीले परिवर्तन गर्यौं। सायद त्यही कारणले गर्दा होला, काठमाडौँमा आएर पनि यो बैङ्कले राम्रो सेवा दिन सफल भएको छ । कुनै पनि अर्थतन्त्रमा तीनवटा सेग्मेन्ट हुन्छ । हामीले इकोनोमिकल पिरामिड पनि भन्ने गर्छौँ । यो बैङ्कले बटम अफ द पिरामिड, लोअर, मिडिल सेग्मेन्ट अफ द पिरामिडलाई राम्रोसँग सेवा दिइरहेका छौँ । त्यस कारण यो वेल अक्सेप्टेड छ ।

तपाईं लामो समय कमर्सियल बैङ्कहरूमा काम गरेको अनुभव लिएर यो बैङ्कमा आउनुभएको छ, कमर्सियल बैङ्क र विकास बैङ्कमा के अन्तर पाउनुभयो ?

मैले आफ्नो बैङ्किङ करिअर नेपाल अरब बैङ्कको इन्ट्री लेबलबाट सुरु गरेको हुँ । त्यसपछि विस्तारै करिअर ग्रोथ हुँदै–हुँदै म यहाँसम्म आइपुगेको हुँ । मैले नबिल बैङ्कमा मात्र १९ वर्ष काम गरेँ । त्यसपछि मेगा बैङ्क गएँ । त्यहाँ साढे छ वर्षबढी काम गरेँ । यहाँ आएको दुई वर्ष हुन लाग्यो ।

 

नेपाल अरब बैङ्क र नबिल बैङ्क भनेका एकदम सिष्टमबाट चल्ने बैङ्क हुन् । ती संस्था पनि नेपालको पहिलो जोइन्ट भेन्चर बैङ्क भएको हुनाले काठमाडौँमा स्थापना भए तापनि उनीहरूको सोसाइटीमा राम्रो कनेक्सन छ । त्यहाँको संस्कार, काम गर्ने शैली छ, त्यसले धेरै फाइदा पुर्याएको छ । मेगा बैङ्कमा म बैङ्कको सुरुवाती टिमसँग नै गएको हुँ । त्यहाँ रणनीति, प्रक्रिया बनाउने बैङ्कलाई जिरोबाट चलाउने अनुभव पनि हासिल भयो ।

नबिल बैङ्कको वेल स्टाब्लिस्ड कल्चर, सिष्टम, कष्टोमरप्रति बैङ्कको दृष्टिकोण कस्तो हुनुपर्छ, कष्टोमर फस्ट भन्ने अवधारणा मैले सिकेको थिएँ । मुक्तिनाथ एकदमै सेवामुखी, सबै साधारण जनताको जीवनमा आर्थिक रूपान्तरणका लागि काम गरेको बैङ्क हो । त्यस्तो संस्थामा काम गर्ने मौका मिल्यो । यो संस्थाको संस्थागत सुशासन एकदमै राम्रो रहेको देखियो । सायद त्यही कारणले गर्दा यो संस्था यो लेबलमा पुगेको छ । मुक्तिनाथमा भएको जुन टिम छ, ‘टिम मुक्तिनाथ’ धेरै लगनशीलता र मेहनतले बनेको छ ।

हरेक ठाउँमा नयाँ–नयाँ सिक्ने कुराहरू प्राप्त हुन्छन् । कुनै पनि घटनाको आफ्नो एउटा नाम र अर्थ हुँदैन । घटनाको अर्थ व्यक्तिले दिन्छ । व्यक्तिले त्यो घटनाको अर्थ कसरी लगाउँछ भन्ने कुरा उसको मानसिकतामा निर्भर गर्छ ।

हरेक ठाउँमा नयाँ–नयाँ सिक्ने कुराहरू प्राप्त हुन्छन् । कुनै पनि घटनाको आफ्नो एउटा नाम र अर्थ हुँदैन । घटनाको अर्थ व्यक्तिले दिन्छ । व्यक्तिले त्यो घटनाको अर्थ कसरी लगाउँछ भन्ने कुरा उसको मानसिकतामा निर्भर गर्छ । उसले कस्तो देख्छ भन्ने कुरा उसको दिमागमा कस्तोे सोच आएको छ, त्यसले निर्भर गर्छ । त्यस कारण सोच सकारात्मक भए सकारात्मक कुरा देखिन्छ । एउटा व्यवसायिक व्यक्तिको रूपमा भन्दा मुक्तिनाथ विकास बैैङ्कको सुधार गर्नुपर्ने कुराहरू आफ्नो ठाउँमा छन् तर नकारात्मक कुराहरू देख्दै देख्दिनँ । सकारात्मक पक्षहरू धेरै छन्, त्यसमा टेकेर हामीले यसलाई राम्रो गर्दै लिएर जानुपर्छ ।

यहाँहरूका लगानीका मुख्य क्षेत्रहरू कुन–कुन हुन् ?

कुनै व्यक्तिले मुक्तिनाथ विकास बैङ्कमा किन कारोबार गर्ने ? किन यही बैङ्क नै चाहियो भन्दा हामी सबै मानवहरूको आत्मा नराम्रो हुँदैन । त्यो आत्मामा चेतना र जागरुकता हुन्छ । मानिसले जतिसुकै खराब काम गरोस्, बद्मासी गरोस् तर उसको आत्माले सधैँ उसलाई राम्रो गर्नुपर्छ । नराम्रो नगर है भन्छ । त्यस कारण मुक्तिनाथ विकास बैङ्क नै किन भन्दा प्रत्येक मान्छेले चाहन्छ कि राम्रो गरौँ । एउटा सानो उदाहरण दिऊँ– यदि तपाईंले मुक्तिनाथमा १ सय रूपैयाँ निक्षेप राख्नुभयो भने हामीले जुन लगानी गर्छौं, त्यो लगानीमध्ये ३० रूपैयाँको लगानी ग्रामीण भेगमा छ । विभिन्न वर्गमा छ । हाम्रो टोटल लोनको ३० प्रतिशत लगानी यस्तो ठाउँमा छ, जसले अति साधारण, विपन्न वर्गका मानिसहरूको जीवनमा आर्थिक रूपान्तरण ल्याउन सहयोग गर्दछ । कसैले पशुपालन, कसैले कृषि त कसैले केही सीप सिकेका छन् । सीप सिक्नका लागि पनि हामीले आफ्नो खर्चमा व्यवसायिक तालिमहरूको व्यवस्था गरेका छौँ । वित्तीय साक्षरताको साथै व्यवसायिक साक्षरता कार्यक्रम पनि चलाएका छौँ । त्यसमा विशेष गरी महिलाहरू रहेका छन् । जो अशिक्षित, आर्थिक रूपमा विपन्न छन् र जसको म केही गर्न सक्छु भन्ने हिम्मत छ, सोच छ, त्यस्ताका लागि व्यावसायिक साक्षरता कार्यक्रम सञ्चालन गरेर विभिन्न सीपमूलक कार्यक्रमहरूको तालिम दिएर उहाँहरूलाई त्यो पेसामा आबद्ध गराएका छौं । यो कुरा मुक्तिनाथमा खाता खोल्ने जो–कसैका लागि पनि गर्वको कुरा हो । कसैले यस बैङ्कमा डिपोजिट राख्छ भने उसले यो बैङ्कमा पाउने व्याज र अन्य बैङ्कमा पाउने व्याज उति नै हो । तर मुक्तिनाथ विकास बैङ्कमा मैले राखेको निक्षेपले मुक्तिनाथ विकास बैङ्कले ग्रामीण भेगका गरीब जनताका लागि केही गर्छ, उनीहरूलाई सहयोग पुग्छ भनेर कति खुसी लाग्छ । मुक्तिनाथ नै किन भन्नुको पछाडिको सबैभन्दा ठूलो कारण नै त्यही हो ।

हाम्रो टोटल लोनको ३० प्रतिशत लगानी यस्तो ठाउँमा छ, जसले अति साधारण, विपन्न वर्गका मानिसहरूको जीवनमा आर्थिक रूपान्तरण ल्याउन सहयोग गर्दछ ।

हामीले ३० प्रतिशतजति कर्जा लगानी लघुवित्त क्षेत्रमा पनि गरेका छौँ । त्यसपछि हामीले साना व्यवसायहरूलाई पनि कसरी सहयोग गर्ने भनेर त्यसमा पनि लगानी गरिरहेका छौँ । कृषिमा हाम्रो लगानी हुने नै भयो । नेपाल विकासका मुख्य तीन आधारहरू छन्– कृषि, पर्यटन र जलविद्युत् । अथवा नवीकरणीय ऊर्जा भनौँ, त्यसमा पछि गएर सौर्य ऊर्जा होला । बैङ्क तथा वित्तीय क्षेत्रले यी तीन क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ । हाम्रो देशमा टोटल ट्रेन्ड महिनामा करिब १ सय ३२ अर्बको हुने रहेछ, जसमध्ये १ सय २४ अर्ब आयात हुन्छ । करिब ८ अर्ब निर्यात हुन्छ । महिनामा १ सय १६ अर्बमाथि डेफ्थ सिफ्ट छ । हाम्रो देशमा यति धेरै जमिन खाली छ । अन्न हामी आफैँ उब्जनी गर्न सक्छौँ । तर चामल मात्र महिनाको करिब साढे २ अर्बको भारतबाट नेपाल भित्रिन्छ । तरकारी १ अर्ब ३४ करोड, फलफुल १ अर्बको भित्रिन्छ । यही चिजहरूमा विकास बैङ्कले ऋण लगानी गर्ने हो भने त्यसले आर्थिक रूपान्तरणमा पनि सहयोग गर्छ । हामीले जहाँ हेर्छौं, त्यहाँ सकारात्मक कुरा भेट्टाउन गाह्रो छ । तर आफूले गर्ने काम सकारात्मक गर्न सकियो भने त्यसले सकारात्मक प्रभाव पार्छ । राम्रो प्रभाव पारेपछि हामी सबैलाई राम्रो हुन्छ । त्यस कारण हामी विशेष गरी उत्पादनशील क्षेत्रमा नै लगानी गर्ने कोसिस गर्छौं ।

 

हाम्रो देशमा यति धेरै जमिन खाली छ । अन्न हामी आफैँ उब्जनी गर्न सक्छौँ । तर चामल मात्र महिनाको करिब साढे २ अर्बको भारतबाट नेपाल भित्रिन्छ । तरकारी १ अर्ब ३४ करोड, फलफुल १ अर्बको भित्रिन्छ । यही चिजहरूमा विकास बैङ्कले ऋण लगानी गर्ने हो भने त्यसले आर्थिक रूपान्तरणमा पनि सहयोग गर्छ ।

हामीले पर्यटनमा लगानी गरेका छौँ । हाम्रो यसअघि क्षेत्रीय कार्यालय पोखरामा थियो । अहिले कास्की, स्याङ्जा, तनहुँ र अन्य ठाउँमा देशव्यापीरूपमा धेरै शाखाहरू भइसके । त्यस कारण यी दुई क्षेत्र कृषि र पर्यटनमा हामीले लगानी गरेका छौँ । जलविद्युत्मा एक जनाले मात्र लगानी गरेर हुने कुरा होइन । त्यसमा ठूलोे लगानी चाहिन्छ । हामीले अन्य वाणिज्य बैङ्क, विकास बैङ्कहरूसँग मिलेर कन्सल्टिङ फाइनान्सहरूमा लगानी गरिरहेका छौं । लगानी गर्दा हामीले जहिले पनि लगानी सुरक्षित हुन्छ कि हुँदैन भन्ने हेर्नुपर्छ । हामीसँग त एकदम साधारण जनताको निक्षेप हुन्छ । त्यसको सुरक्षा गर्नु बैङ्कको सबैभन्दा पहिलो प्राथमिकता हुन्छ ।

देश सङ्घीयतामा गएसँगै कमर्सियल बैङ्कहरू गाउँतिर गएका छन् । विकास बैङ्कहरू सहरतिर आइरहेका छन् । तपाईंहरूले पनि सहरका विभिन्न स्थानमा शाखाहरू खोलिरहनुभएको छ । ती शाखामा कत्तिको बिजनेस आइरहेका छन् ?

मानिसहरू हाम्रो बैङ्कमा किन कारोबार गर्न आउँछन् । जहिले पनि आपूर्ति माग उन्मुख हुनुपर्छ भन्ने लाग्छ । हामीले अर्थशास्त्र, व्यवस्थापनमा पढ्छौँ नि, कुनै पनि वस्तुको आपूर्ति त्यसको मागको जुन आवश्यकता छ, त्यसलाई क्याटर गर्ने गरी आपूर्ति भयो भने त्यो त्यहीँ उपभोग हुन्छ । टोटल बैङ्किङ उद्योगको डिपोजिट र लोनको अनुपात हेर्नुभयो भने वाणिज्य बैङ्कले करिब–करिब सतासी–अठासी प्रतिशत डिपोजिट लगानी दुवैमा मार्केट सेयर ओगटेको छ । विकास बैङ्कको कुरा गर्ने हो भने त्यही दश–एघार प्रतिशत मात्र हो । राष्ट्र बैङ्कको डेटालाई विश्लेषण गर्ने हो भने विगतको केही समयदेखि विकास बैङ्कको सेयर बढ्दो क्रममा छ । हामीले ग्राहकहरूको आवश्यकता के हो, त्यसलाई बुझ्न सकेका छौँ र त्यो मुताबिक हामीले आफ्नो सेवा दिन सकेका छौँ । जसले गर्दा हाम्रो बजार विस्तारै बढ्दै छ । यसमा पनि हाम्रो बैङ्कको कुरा गर्ने हो भने हामी ग्राउन्ड लेबलका जनतासँग जोडिएका छौँ । काठमाडौँ, बुटवल, नेपालगन्जलगायतका सहरहरूमा बस्ने सबै नागरिक आथिक रूपले सम्पन्न हुँदैनन् । सबै जनतासामु समानरूपले साधन र स्रोत पुगेको छ भन्ने छैन । केही आर्थिक रूपले पछाडि पनि परेका छन् । हामीले त्यस्ता ग्राहकहरूलाई पनि टार्गेट गरिरहेका छौँ । हामीले सेवा दिने ग्राहकहरूको आफ्नै किसिमको इकोसिष्टम छ । सेवा दिँदा हामीसँग भएको तरलता र लगानीको व्यापारमा उतार–चढाव आउँदैन । त्यो दिगो रूपमा वृद्धि भइरहेको हुन्छ । गत असोज महिनाको वित्तीय सूचक पनि हेरिसक्नुभएको होला । त्यसले पनि राम्रो वृद्धि भइरहेको देखाउँछ ।

तपाईं डेभलप्मेन्ट बैङ्कर्स एसोसिएसनको महासचिव पनि हुनुहुन्छ । सरकाले वाणिज्य बैङ्कसरह विकास बैङ्कलाई सेवा–सुविधा दिएको देखिँदैन नि ?

हामीले स्थानीय तहमा चाहे त्यो महानगरपालिका होस् या उपमहानगरपालका या गाउँपालिका, यदि त्यहाँ सामाजिक सुरक्षा कोषको वितरणको कुरा होस् या भूकम्पपीडित राहत कोषको वितरणको कुरा होस्, त्यो जिम्मेवारीका लागि विकास बैङ्क उत्कृष्ट हुन्छ । विकास बैङ्कले गर्दियोस् भन्ने चाहना छ र हामीले गरिदिई पनि राखेका छौँ । धेरैवटा विकास बैङ्कहरूले गरिराखेका छन् र विकास बैङ्क पहिलो रोजाइमा पर्छ । तर विडम्बना, त्यही स्थानीय तहको सरकारी खाताको कारोबार भने विकास बैङ्कमा छैन । हामीले राष्ट्र बैङ्क र अर्थ मन्त्रालयमा ज्ञापन पत्र पनि बुझाएका छौँ । त्यहाँबाट एकदम सकारात्मक प्रतिक्रिया पाएका छौँ । सायद त्यो नियमावलीमा परिवर्तन गर्ने कुरा हुँदैछ । परिवर्तन भयो भने विस्तारै विकास बैङ्कले सरकारी खाता सञ्चालन गर्ने अधिकार पाउँछन् । साथसाथै, सरकारी खाता सञ्चालनको मात्र कुरा होइन, हामीले जमानत पत्र जारी गर्छौं । त्यो जमानत पत्र पनि सरकारी कार्यालयहरूले विकास बैङ्कबाट इस्यू भएको ग्यारेन्टीहरू स्वीकृत गर्न सुरु गर्छन् । त्यसले बजारमा प्रतिस्पर्धा बढाउँछ । बजारमा फाइनान्सियल सर्भिसको पेनिट्रेसन बढाउँछ ।

एकदम सकारात्मक प्रतिक्रिया पाएका छौँ । सायद त्यो नियमावलीमा परिवर्तन गर्ने कुरा हुँदैछ । परिवर्तन भयो भने विस्तारै विकास बैङ्कले सरकारी खाता सञ्चालन गर्ने अधिकार पाउँछन् ।

केही समयदेखि वित्तीय क्षेत्रमा तरलता अभाव छ । यसले विकास बैङ्कमा कत्तिको प्रभाव पारेको छ ?

राष्ट्र बैङ्कको भर्खरैको तथ्याङ्कअनुसार श्रावण १ गतेदेखि टोटल निक्षेप २ सय २३ अर्बले बढेको छ । लोन २ सय ९५ अर्बले बढेको छ । भनेको करिब ७२–७३ अर्बले लोन बढेको छ । ७२ अर्बको लोन बढ्नुको अर्थ भनेको तरलतामा दबाब पर्नु हो । अर्को, हाम्रो देशमा करिब महिनाको १ सय १६ अर्बको टे«ड डेफ्थ सिफ्ट छ । यसको अर्थ नेपाली रूपैयाँबाट विदेशी मुद्रा खरिद भएको छ । नेपाली रूपैयाँ कहाँ गयो त भन्दा राष्ट्र बैङ्कमा । नेपाल राष्ट्र बैङ्कबाट हामीले विदेशी मुद्राको लागि पैसा बाहिर तिरिरहेका छौँ । १ सय १७ अर्ब रूपैयाँ महिनामा बैङ्किङ सिष्टमबाट बाहिर गइरहेको छ । यो आर्थिक वर्षमा तीन महिनामा रेमिट्यान्स २ सय ४२ अर्ब आएको देखिन्छ । त्यो भनेको ८० अर्ब रूपैयाँको रेमिट्यान्स फ्लो नेपालमा हुँदोरहेछ । १ सय १६ अर्ब राष्ट्र बैङ्क जान्छ । ८० अर्ब मात्र भित्रिन्छ । भनेपछि त्यहाँ ३६ अर्बको डेफ्थ सिफ्ट भयो । ३६ अर्ब र ७२ अर्बले कति भयो त हिसाब गर्न सकिन्छ ।

 

राष्ट्र बैङ्कको म्याक्रो इकोनोमी डेटा हेर्ने हो भने सरकारको यो वर्षको टोटल बजेट भनेको १३ खर्ब १५ अर्ब रूपैयाँ हो । राष्ट्र बैङ्कको तीन महिनाको रिपोर्ट हेर्ने हो भने यो तीन महिनाको टोटल खर्च १ सय ७० अर्ब मात्र खर्च गरेको छ । १ सय ७० अर्बमा १ सय ५० अर्ब चालू खर्च छ । पुँजीगत खर्च जम्मा १८ अर्ब मात्र छ । चालू खर्चतिर तीन महिनामा ५३ प्रतिशत मात्र खर्च गर्न सकेका रहेछौं। जबकि पुँजीगतमा जम्मा १८ प्रतिशत मात्र खर्च भएको छ । जति खर्च गर्नुपर्ने अमान्उट छ, त्यो खर्च नगरीकन बजारमा कम पैसा गयो । त्यसले पनि त बजारमा तरलताको कुरालाई सहयोग गर्दैन ।

सरकारको पुँजीगत खर्च कम भएको छ । चालू खर्च बढी भएको छ । तर त्यो पनि एकातिर बजेटभन्दा कम भएको छ । अर्कोतिर नेट फन्ड फ्लो पनि माइनसमै छ । मैले भनिहालेँ, ट्रेड डेफ्थ सिफ्ट र इन्भर्ट रेमिट्यान्स बढ्दो क्रममा छ । तर जाने महिनामा जम्मा १ सय १६ अर्ब, आउने जम्मा ८० अर्ब । त्यहाँ पनि सर्ट फल छ । तेस्रो, ७०–७२ अर्बको डिपोजिट लोन बढेको छ । यी कारणले गर्दा हाम्रो टोटल फाइनान्सियल सिष्टममा स्वतः तरलताको चाप आउँछ । यो चिज समग्रमा भयो । योसँग विकास बैङ्क अलग रहन सक्दैन । तर विकास बैङ्कहरूको जुन वित्तीय इकोसिष्टम छ, त्यो ग्रामीणमुखी छ । त्यसले गर्दा उनीहरूको सम्पत्ति दायित्व व्यवस्थापनलाई व्यस्थापन गर्न धेरै गाह्रो भएको छैन । अहिलेको अवस्थामा विकास बैङ्कहरूलाई खासै अप्ठेरो नपरेको अवस्था हो ।

नेपाल विकासोन्मुख देश हो । सरकारले आर्थिक वृद्धिको एउटा लक्ष्य लिएको छ । यसलाई सपोर्ट पुर्याउन तपाईंको विचारमा नेपालमा कति प्रतिशत व्याजदर हुनुपर्ला ?

साधारण निक्षेपकर्ताले पाउने जुन रिटर्न छ, त्यो रिटर्न मुद्रास्फिति एडजस्टटेड पोजेटिभ रिटर्न हुनुपर्छ । त्यो भयो भने निक्षेपकर्ताले बैङ्कमा पैसा राख्दा जुन हिसाबले त्यो पैसा बढ्यो, उदाहरणको लागि आज १ सय रूपैयाँ राख्नुभयो । त्यो पैसा एक वर्षपछि १ सय १० रूपैयाँ भयो । यदि त्यो १ सय रूपैयाँले उहाँले कुनै वस्तु खरिद गर्नुभएको भए र त्यसको मूल्य १ सय ५ रूपैयाँ भएको भए उहाँलाई बैङ्कमा पैसा राख्दा ५ रूपैयाँ त नाफा भयो । त्यसले सेभिङलाई सपोर्ट गर्यो। देशमा विकास गर्नका लागि कुनै परियोजना चलाउन पुँजी उपलब्ध गरायो । त्यो हिसाबले निक्षेपकर्तालाई फाइदा हुनुपर्छ । अर्को, निक्षेपकर्ताले निक्षेप मात्र गरेर भएन । सेभिङ, क्यापिटल मात्र विकास गरेर भएन । पोजेटिभ र राम्रो क्यास फ्लो जेनेरेट गर्न सक्ने खालको, उत्पादनशील क्षेत्रको लगानी हुनुपर्यो । लगानी राख्दा कष्ट अफ प्रडक्सन पनि धेरै हुनुभएन । यो हिसाबमा सन्तुलित ढङ्गबाट अगाडि बढ्न सक्यो भने निश्चय नै देशलाई सहयोग पुग्छ र अगाडि बढ्छ ।

मुक्तिनाथ विकास बैङ्कका आगामी योजना के छन् ?

समग्र बैङ्क तथा वित्तीय क्षेत्रको कुरा गर्ने हो भने म पाँचवटा स्टेक होल्डरहरू हेर्छु । एउटा हुनुहुन्छ, हाम्रो डिपोजिटर्स । मेरो पहिलो प्राथमिकता भनेको कुनै निक्षेपकर्ता मुक्तिनाथमा आएर निक्षेप गर्नुहुन्छ भने उहाँको निक्षेप सुरक्षित हुनुपर्यो । मैले उहाँलाई दिन सक्ने रिटर्न मुद्रास्फिति एडजष्टटेड पोजेटिभ रिटर्न हुनुपर्यो । दुई नम्बरमा हामीले रेगुलेटरको दायरामा बसेर काम गर्नुप¥यो । बैङ्क तथा वित्तीय क्षेत्रको केसमा राष्ट्र बैङ्क हुन्छ । उहाँहरूकोे जुन पनि निर्देशन, सर्कुलर छ, त्यसको परिधिभित्र बसेर, नियम मानेर काम गर्नुपर्ने हुन्छ । त्यो नियम फेरि देशको लागि त हुँदै हो साथै हाम्रै राम्रो स्वास्थ्यको लागि हो । तेस्रो, बैङ्कमा लगानीकर्ताहरू हुनुहुन्छ । प्रमोटर, सेयरहोल्डर उहाँहरूलाई राम्रो रिटर्न दिन सक्ने गरी काम गर्नुपर्छ । मेरो अर्को प्राथमिकता भनेको लगानीकर्ता हुन् । चौथो भनेको हामी जुन ठाउँमा गएर सेवा दिन्छौँ, त्यो ठाउँको समुदाय हो । त्यो समुदायमा बसेर हामीले काम गर्दा ओ हो ! यो संस्था आएर काम गरेको रहेछ, कति राम्रो भन्ने महसुस होस् । कर्पोरेट सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै हामी अगाडि बढ्नुपर्छ । समुदायसँग भिजेर हामीले काम गर्नुपर्ने हुन्छ ।

हाम्रो देशको आर्थिक नीति, आर्थिक क्रियाकलाप, आर्थिक सोचसँग मिल्ने गरी अगाडि बढाउन जरुरी छ । त्यो गर्नेबित्तिकै यसले हामीलाई जोखिम व्यवस्थापन गर्न सहयोग गर्छ ।

देश सङ्घीयतामा गइसकेको छ । प्रत्येक प्रदेशमा वित्तीय संस्थाहरू त्यही प्रदेशका बैङ्क तथा वित्तीय संस्था भएर काम गर्ने अवस्था छ । हामीलाई त्यो ठाउँमा टिक्नु छ भने हामीले काम मात्र राम्रो गरेर हुँदैन, व्यवहार पनि राम्रो गर्नुपर्छ । त्यो समुदायको लागि हामीले गरेको केही योगदान पनि देखिनुपर्छ । त्यो प्राथमिकतामा रहन्छ । पाँचौँ भनेको हाम्रो संस्थामा काम गर्ने जुन स्टाफहरू छन्, उनीहरूको मेहनतबिना यो संस्था यहाँसम्म पुग्दै पुग्दैन । अझै कहाँसम्म लिएर जानुपर्ने छ । हाम्रा जुन स्टेक होल्डरहरू छन्, उनीहरूको रुचिलाई ध्यानमा राखेर हाम्रा जुन क्रियाकलापहरू छन्, कारोबार छन्, त्यो हाम्रो देशको आर्थिक नीति, आर्थिक क्रियाकलाप, आर्थिक सोचसँग मिल्ने गरी अगाडि बढाउन जरुरी छ । त्यो गर्नेबित्तिकै यसले हामीलाई जोखिम व्यवस्थापन गर्न सहयोग गर्छ । किनभने हामी क्यास फ्लो जेनेरेट गर्ने क्रियाकलापमा सहभागी हुन्छौँ । उत्पादनशील क्षेत्र, इथिकल बैङ्किङमा हामी बढी केन्द्रित हुन्छौँ । इथिकल प्राक्टिसमा हामी लागेका हुन्छौँ । त्यो हुनेबित्तिकै प्राकृतिक रूपमै हामी राम्रो हुँदै जान्छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री