मंगलबार, ११ कार्तिक २०८२

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

समयपोष्ट २०७५ पुष २५ गते १६:०७

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार कम्पनीका महाप्रवन्धक कमल राज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली” लम्कीचुहा नगरपालिकाका मेयर महादेब बजगाईको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बस दुर्घटनामा परि अशक्त भएका लम्की कैलालीका बीमित डिल्लीराज उपाध्यायलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरियो ।

रु ३००,०००।– बीमाङ्गको बीमा गरेका उपाध्यायलाई कम्पनीले मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्ने र निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमाशुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङ्क वापतको रु ३००,०००।– र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्ने समेत जानकारी दिइयो ।

कम्पनीले सोही दिन लम्कीमा हजारौ जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री