भायनेटले ग्राहकहरुको लागि ल्यायो ‘गो फर स्पिड, गो फर भायनेट’ योजना
इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले आफ्नो अन्लिमिटेड इन्टरनेटको स्पिडमा बृद्धि गर्दै ग्राहकहरुको लागि ‘गो फर स्पिड, गो फर भायनेट’ योजना बजारमा ल्याएको छ ।
स्पिड बृद्धि गर्ने क्रममा भायनेटले २० एमबीपीएस लाई बढाएर ३० एमबीपीएस बनाएको छ भने ३० एमबीपीएस लाई बढाएर ४० एमबीपीएस बनाएको छ । त्यसैगरी भायनेटले सर्वाधिक ६० एमबीपीएस स्पिड पनि ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ ।
वार्षिक ग्राहकहरुले ३० एमबीपीएस इन्टरनेटको लागि प्रति महिना १ हजार २ सय, ४० एमबीपीएस इन्टरनेटको लागि प्रति महिना १ हजार ४ सय र ६० एमबीपीएस इन्टरनेटको लागि प्रति महिना १ हजार ७ सय २० तिर्नुपर्नेछ ।
यसका साथै ग्राहकहरुले ५५ एच्डी र १३५ वटा एस्डी च्यानलहरु रहेको नेट टिभी समेत निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिना र ६ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने छ ।
प्रतिक्रिया