आइतबार, ६ जेठ २०८१

नेपाल बैंकको नाफा २ अर्ब ५१ करोड रुपैयाँ

समयपोष्ट २०७४ वैशाख २७ गते १०:४४

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा बैंकले एक अर्ब ६४ करोड रुपैयाँ नाफा गरेको थियो । 
यो वर्ष बैंकको नाफा गत आवको तुलनामा ५३. १४ प्रतिशतले वढेको छ । बै.कको ब्याज आम्दानीमा भएको वृद्धिका कारण यो वर्ष नाफा वढेको हो । बैंकले यो अवधीमा ४ अर्ब ७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधीमा २ अर्ब ९० करोड व्याज आम्दानी थियो ।
यो अवधीमा बैंकले ८३ अर्ब ९५ करोड निक्षेप संकलन गरेको छ भने ७४ अर्ब २० करोड कर्जा लगानी गरेको छ । बैंकको खराव कर्जा २.८५ प्रतिशत छ । गत आवमा भने खराव कर्जा ३.६७ प्रतिशत थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री