मंगलबार, ६ साउन २०८२

घलेम्दी हाइड्रो १५ करोडको आईपिओ आउँदै

समयपोष्ट २०७५ पुष ११ गते १३:२५

घलेम्दीखोला हाइड्रोले १५ लाख ३३ हजार ७७० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले पौष १९ गतेदेखि सर्वसाधाणको लागि २० प्रतिशत अर्थात ११ लाख कित्ता छुट्याएकोमा प्रभावित क्षेत्रमा बिक्री नभएको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ३३ हजार कित्ता शेयर सर्वसाधारणकालागि निष्काशन गर्ने भएको हो ।

कम्पनीले २२ हजार कित्ता कर्मचारी र ५५ हजार कित्ता सामुहिक लगानीकोषका लागि छुट्टाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ ।

आईपिओमा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । यसका अलवा मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट अनलाईन आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री