मंगलबार, १८ वैशाख २०८१

चीन भ्रमणले नेपालका लागि सकारात्मक सन्देश दिएको छ :उपप्रधान तथा अर्थमन्त्री महरा

समयपोष्ट २०७३ भदौ ५ गते ३:१७

काठमाडौं/  चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा करिब एक हप्ताअघि चीन भ्रमणमा गएका महरा स्वदेश फर्किएका हुन् ।

Advertisement

चीन भ्रमणबाट फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकमर्मीहरुसँगको जिज्ञासामा उनले भने, ‘यो पटकको चीन भ्रमणले नेपालका लागि सकारात्मक सन्देश दिएको छ ।’

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सकारात्मक सन्देश पाएको समेत बताए । चिनियाँ प्रधानमन्त्रीसँग भएको भेटबारे प्रसंग जोड्दै महराले चिनियाँ राष्ट्रपतिको भ्रमणको विषय र अन्य विषयमा दुई देशका परराष्ट्र मन्त्रालयबीच निरन्तर सम्पर्कमा रहने कुरा भएको प्रस्ट पारे ।

उनले आफ्नो चीन भ्रमण निकै फलदायी र उत्साहपूर्ण भएको समेत दाबी गरे । उनले चिनियाँ राष्ट्रपतिको भ्रमणबारे चीनबाट सकारात्मक सन्देश पाएको बताउँदै राष्ट्रपतिको भ्रमणबारे भने मिति तय भैनसकेको बताए ।
यसबारे दुबै देशका उच्च नेतृत्वको छलफलबाट तय गरिने उनले बताए । उपप्रधानमन्त्री महरा भदौ अन्तिम साता प्रधानमन्त्रीको विशेष दूतका रुपमा चीन भ्रमणमा गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री