सेयर बजार ३.१३ अंकले घट्यो
समयपोष्ट
२०७५ असोज २३ गते ९:२४
मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक ३.१६ अंकले घटेर १२१७.३६ अंकमा झरेको छ । आज १ सय ६० कम्पनीका १० लाख कित्ता सेयर ३४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी सेयर नाडेप लघुवित्त वित्तिय संस्थाको किनबेच भएको छ । आज अन्य समुह उपसुचक ११.६९ अंकले बढेको छ भने बाँकी सबै समुह उपसचकहरु घटेका छन् ।
आज बाणिज्य बैंक समुह ४.४२,होटल २१.४३,विकास बैंक १.८४,जलविद्युत १५.३७,फाइनान्स १.५७,र्निजिवन बिमा समुह ४९.३५,उत्पादनमुलक समुह ११.८३,लघुवित्त ७.९२ र जीवन बिमा समुह १४.२१ अंकले घटेका छन् ।
प्रतिक्रिया